३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षामा लगानी बढाउनुपर्छः उपसभामुख

२२ पुष २०७५, आईतवार ०३:०३

पुष २२, उर्लाबारी (रासस) | प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । 

मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रले लिएको लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । 

उपसभामुख तुम्बाहाङ्फेले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सामुदायिक विद्यालयमा सरकारको लगानी बढी भए पनि सो अनुसारको लक्ष्य प्राप्त हुन नसकिरहेको बताउनुहुँदै उपसभामुख तुम्बाहाङ्फेले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका प्रमुख राजेन्द्र बुढाथोकी, बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली, पूर्वसांसद गुरु बरालले शिक्षा क्षेत्रको बारेमा विचार राख्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षक, उत्कृष्ट विद्यार्थी एवं विभिन्न प्रतियोगितामा बिजेता भएकाहरुलाई पुरस्कार र सम्मान गरिएको थियो । विसं २०२१ मा स्थापित सो विद्यालयमा कक्षा १२ सम्म एघार सय ८७ विद्यार्थी अध्ययनरत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड