२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाठकको पहिलो रोजाइमा नेपाली बृहत् शब्दकोष

२४ पुष २०७५, मंगलवार ०७:०१

पुस २४,काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा नेपाली बृहत् शब्दकोष पाठकको मुख्य रोजाइमा परेको छ । 

यही पुस १५ गतेदेखि शुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो । प्रर्दशनीमा रु दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखे पनि रु एक हजार ३५० को उक्त पुस्तक रोजाइमा परेको हो । उक्त पुस्तक गत साउनमा दशौँ संस्करण निकालिएको थियो । अहिलेसम्ममा सो पुस्तक दुई हजार प्रति बिक्री भएको मेलाका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो । 

त्यसैगरी विश्वका प्रमुख धर्म नामक पुस्तक पनि पाठकको रोजाइमा परेको छ । उक्त पुस्तक पनि ६०० प्रति बिक्री भएको छ । यस पुस्तकमा विश्वमा मानिँदै आएको मुख्य धर्म र त्यसको उत्पत्तिका बारेमा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । प्रतिष्ठानको कार्यालय परिसरमा जारी प्रदर्शनी यही पुस २९ गतेसम्म चल्ने छ । मेलामा भाषा, साहित्य, दर्शन, समाजशास्त्रबारे लेखिएको पुस्तक राखिएको छ । मैथिली, भोजपुरी, गुरुङ र लिम्बू जातिका भाषाको शब्दकोषसँगै मानिसको जन्मदेखि मृत्युसम्मको जातीय संस्कारबारे जानकारी दिने पुस्तक पनि बिक्रीका लागि राखिएका छन् । 

विसं २०६८ देखि ०७५ सम्ममा प्रकाशित पुस्तकमा १५ र त्यसअघिका पुस्तकमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रदर्शनीमा पुराना लेखकहरु सिद्धिचरण श्रेष्ठ, बिपी कोइराला, लिलबहादुर क्षेत्रीलगायत र पछिल्ला समयका जीवेन्द्रदेव गिरी, विणा पौडेल, हरिप्रसाद पौडेल, गोविन्दराज भट्टराईले लेख्नुभएको पुस्तक रहेको छ । दैनिक सय पाठक प्रदर्शनीमा आउने गरेको बताइएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र