२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा केसीका माग गलत भन्दै अर्का एक युवाले अनशन शुरु गरेपछि…

२०७५, २८ पुष शनिबार १५:३०

पुस २८, इलाम (रासस) | संसद्को स्वास्थ्य तथा शिक्षा समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा चलेको अनशनले यहाँ अहिले बढी चर्चा पाएको छ । 

प्रा डा गोविन्द केसीले आफ्नो १५ औं अनशनका क्रममा आफूसँग भएको सहमति विरुद्ध सो समितिले विधेयक पारित गरेको भन्दै गत बुधबारबाट अनशन थाल्नुभएको छ । अघिल्ला अनशनमा आफूसँग भएका सहमति संसद्बाट हुबहु पारित हुनुपर्ने अडानका साथ डा केसी अनशन बसेको चार दिन बितिसकेको छ । 

चिकित्सा शिक्षा सुधारसम्बन्धी डा केसीका माग गलत भन्दै अर्का एक युवाले अनशन शुरु गरेका छन् । यहाँ अधिकांशले केसीका माग विरुद्धमा अनशन शुरु गरेका विजय थापाका माग जायज भएको दाबी गरिरहेका छन् । दुई अनशनकारी पक्षका समर्थक अहिले खुलेरै एकअर्काको विरोधमा उत्रेका छन् । 

डा केसी अनशन बसेको तेस्रो दिन संसदीय समितिद्वारा पारित विधेयकलाई विना परिमार्जन संसद्बाट पारित गरिनुपर्ने माग गर्दै थापाले अनशन शुरु गरेपछि सो स्थिति पैदा भएको हो । शुक्रबारबाट अनशनमा रहनुभएका थापाको मागको पहिलो बुँदामै संसद्मा रहेको चिकित्सा विधेयक कुनै पनि हालतमा पास गर्न माग गरिएको छ । जनप्रतिनिधिबाट पारित भएको विधेयकलाई पारित हुनुपर्ने, काठमाडौँ उपत्यकाबाहिर देशभरी नै मेडिकल कलेज खोल्ने र खुलाउने वातावरण निर्माण गर्नुपर्नेलगायतका माग थापाले अघि सार्नुभएको छ । 

डा केसी र थापाले अनशन शुरु गरेपछि आआफ्नै माग कार्यान्वयनका लागि र्यालीलगायतका गतिविधि हुन थालेका छन् । डा केसीका समर्थकले थापाको अनशनस्थल नजिकै चोक बजारमा कोणसभा गर्ने गरेका छन् । त्यसले दुई पक्षबीच झडप हुन सक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने