२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा केसीका माग गलत भन्दै अर्का एक युवाले अनशन शुरु गरेपछि…

२८ पुष २०७५, शनिबार १५:३०

पुस २८, इलाम (रासस) | संसद्को स्वास्थ्य तथा शिक्षा समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा चलेको अनशनले यहाँ अहिले बढी चर्चा पाएको छ । 

प्रा डा गोविन्द केसीले आफ्नो १५ औं अनशनका क्रममा आफूसँग भएको सहमति विरुद्ध सो समितिले विधेयक पारित गरेको भन्दै गत बुधबारबाट अनशन थाल्नुभएको छ । अघिल्ला अनशनमा आफूसँग भएका सहमति संसद्बाट हुबहु पारित हुनुपर्ने अडानका साथ डा केसी अनशन बसेको चार दिन बितिसकेको छ । 

चिकित्सा शिक्षा सुधारसम्बन्धी डा केसीका माग गलत भन्दै अर्का एक युवाले अनशन शुरु गरेका छन् । यहाँ अधिकांशले केसीका माग विरुद्धमा अनशन शुरु गरेका विजय थापाका माग जायज भएको दाबी गरिरहेका छन् । दुई अनशनकारी पक्षका समर्थक अहिले खुलेरै एकअर्काको विरोधमा उत्रेका छन् । 

डा केसी अनशन बसेको तेस्रो दिन संसदीय समितिद्वारा पारित विधेयकलाई विना परिमार्जन संसद्बाट पारित गरिनुपर्ने माग गर्दै थापाले अनशन शुरु गरेपछि सो स्थिति पैदा भएको हो । शुक्रबारबाट अनशनमा रहनुभएका थापाको मागको पहिलो बुँदामै संसद्मा रहेको चिकित्सा विधेयक कुनै पनि हालतमा पास गर्न माग गरिएको छ । जनप्रतिनिधिबाट पारित भएको विधेयकलाई पारित हुनुपर्ने, काठमाडौँ उपत्यकाबाहिर देशभरी नै मेडिकल कलेज खोल्ने र खुलाउने वातावरण निर्माण गर्नुपर्नेलगायतका माग थापाले अघि सार्नुभएको छ । 

डा केसी र थापाले अनशन शुरु गरेपछि आआफ्नै माग कार्यान्वयनका लागि र्यालीलगायतका गतिविधि हुन थालेका छन् । डा केसीका समर्थकले थापाको अनशनस्थल नजिकै चोक बजारमा कोणसभा गर्ने गरेका छन् । त्यसले दुई पक्षबीच झडप हुन सक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण