२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’कार्यक्रम शुरु, कस्ताले पाउँछन छात्रवृत्ति ?

२०७५, २१ माघ सोमबार ०२:५१

माघ २१, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । 

सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ । मन्त्रालयका शिक्षा महाशाखा प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार तीन वर्षे स्नातक तहमा र प्रमाणपत्र तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक १०० छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’ प्रदान गरिनेछ । 

“सरकारी स्कूल पढेका र कर्णाली प्रदेशका स्थायी बासिन्दालाई छोरीबुहारी छात्रवृत्ति प्रदान गरिनेछ”, उहाँले भन्नुभयो, “यसबाट गरीब परिवारका छात्रालाई प्राविधिक शिक्षामार्फत आत्मनिर्भर बन्न मद्दत पुग्ने छ ।” मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले छोरीबुहारी छात्रवृत्तिलगायत अन्य ६ विधामा रु तीन करोड खर्च गर्न लागेको जनाएको छ ।

प्राविधिक उच्च शिक्षामा अध्ययन गर्ने जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षामा अध्ययन गर्नेका लागि अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षामा अध्ययन गर्नेका लागि दलित छात्रवृत्ति तथा जेहेन्दार छात्रवृत्ति र कर्णाली प्रदेश स्थापनाका क्रममा शहीद भएका व्यक्तिका छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया शुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने