२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलएलबी दोश्रो वर्षको परीक्षाको रिजल्ट चैत्र दोश्रो साता आउने

२०७५, ३ चैत्र आईतवार ०९:३४

चैत्र ३,काठमाडौं । एलएलबी दोश्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशनमा अझै २ साता लाग्ने भएको छ। दोश्रो वर्षको मुटकोर्ट विषयको मुल्यांकन गर्न बाँकि रहेकोले रिजल्ट प्रकाशन चैत्र १०/१२ पछि मात्र हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले साझा सबाललाई जानकारी दिए ।

रिजल्ट प्रकाशन छिटो हुनुपर्यो भन्दै बिद्यार्थीबाट माग आएको छ, जोशीले भने "यस विषयमा सम्बन्धित सबैसंग छलफल भएको छ, २ गाडी मुटकोर्ट मुल्यांकन गर्न बाँकि छ, त्यो परीक्षण सकिने वित्तिकै रिजल्ट प्रकाशन गर्छौं ।" तत्काल रिजल्ट प्रकाशन नहुने भएपछि एलएलबी प्रथम र तेश्रो वर्ष पास भएर दोश्रो वर्षको रिजल्ट पर्खिएका सयौं विधार्थीहरु नेपाल कानून व्यवसायी परिषदले लिने २६ औं अधिवक्ता तहको परीक्षामा सहभागी हुन नपाउने भएका छन् । २६ औं अधिवक्ता तहको परीक्षाको लागि दोब्बर दस्तुरमा फर्म भर्ने अन्तिम मिति चैत्र पहिलो साता रहेको छ। चैत्रको पहिले सातासम्म रिजल्ट आउने सम्भावना नभएपछि पास हुने बिद्यार्थीहरुले अधिवक्ता परीक्षाका लागि १ वर्ष कुर्नुपर्नेछ।  

छिटो रिजल्ट प्रकाशन गर्नका लागि विभिन्न विधार्थी संगठनले परीक्षा नियन्त्रण कार्यालय, कानुन संकायका डिन, नेपाल ल क्याम्पस प्रमुख लगायतको ध्यानाकर्षण गराइसकेका  छन् साथै यस विषयमा हेलो सरकारमा समेत गुनासो दर्ता भैसकेको छ ।  तर नेपाल कानून व्यवसायी परिषदका सचिव रामहरी शर्मा काफ्लेले हालसम्म विधार्थीहरुबाट परीक्षाबारे कुनै गुनासो नआएको बताए । अहिलेसम्म कहिँ कतैबाट गुनासो आएको छैन, आएमा पनि परीक्षा समितिले निर्णय गर्नुपर्छ, उनले भने "गुनासो आएमा परीक्षा समितिमा पेश गर्छु, परीक्षाको म्यादबारे समितिले नै निर्णय गर्छ।" 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने