२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरोकारवाला भन्छन् : सेमेस्टर प्रणाली सुधार गर्न सबैको ध्यान जानुपर्छ

२०७५, १९ चैत्र मंगलवार १०:२९

चैत्र १९, काठमाडौं । सेमेस्टर प्रणाली सुधार गर्नका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने सरोकारवालाहरुले बताएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारी जनप्रसासन क्याम्पस कमिटीद्वारा संयुक्त रुपमा आयोजित सेमेस्टर प्रणालीका सम्भावना, चुनौती र भाबी कार्यदिशा विषयक सेमिनार कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।


त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले सेमेस्टर प्रणाली सुधार गर्नका लागि त्रिवि भित्र पनि समस्या रहेको भन्दै त्रिविकै उच्च तहमा रहने पदाधिकारी विच नै कार्यगत सहकार्य हुन नसकेको स्वीकार गरिन् । उनले त्रिवि, विधार्थी, कर्मचारी, प्राध्यापक सबैले आफ्नो अधिकार माग गर्ने तर दायित्व पुरा गर्न नसक्ने प्रवृतिका कारण समस्या रहेको बताइन् ।


कार्यक्रममा एक विधार्थीले सेमेस्टर परीक्षा भएको ६ महिनासम्म रिजल्ट प्रकाशन हुन नसक्नुमा व्यवस्थापन संकाय डीन कार्यालयले जिम्मेवारी लिने कि नलिने भन्दै सहायक डीन डा. ध्रुव कुमार गौतमको ध्यानाकर्षण गरेका थिए, त्यसको प्रतिउत्तरमा गौतमले विधार्थीले प्रश्न कुन सन्दर्भमा, कहिले गर्ने ठाउँ हुन्छ भन्दै विधार्थी प्रति इंकित गर्दै आक्रोस पोखेका थिए। व्यवस्थापन संकाय सहायक डीनले सबै कुरा हेर्न सम्भव हुँदैन गौतमले भने ''सेमेस्टर प्रणाली सिस्टममा चल्ने हो, सो अनुरुप ६ महिनामा नसकीए मात्र मलाई गुनासो गर्नुस् आन्तरिक कुरा क्याम्पसमा नै गर्ने हो।" गौतमले त्यति भनिरहँदा सम्म जनप्रशासन एमपिए तेस्रो सेमेस्टरको परीक्षा सकिएको छ महिनामा पनि रिजल्ट प्रकाशन भएको थिएन तर उनले डीन कार्यालयले रिजल्ट प्रकाशनका लागि पठाएको बताएका थिए। संयोगबस त्यसको लगत्तै डीन कार्यालयको वेबसाइडमा रिजल्ट प्रकाशित भएको थियो। 

 

डा. नरेन्द्र पौडेलले सेमेस्टर प्रणालीका सम्भावना, चुनौती र भाबी कार्यदिशा विषयमा कार्यपत्र पस्तुत गर्नुभएको थियो । कार्यपत्रमा व्यवस्थापन संकायका सहायक  डीन डा. ध्रुव कुमार गौतम, डा. हरि प्रसाद अधिकारी, अनेरास्ववियु महासचिव ऐन महर, लगायत विधार्थीहरुले टिप्पणी गरेका थिए। 

कार्यक्रममा आयोजक अनेरास्ववियु जनप्रशासन क्याम्पसका अध्यक्ष उमेशभक्त जोशीले विधार्थीको हकहितका लागि आवाज बुलन्द गर्न प्रतिवद्ध रहेको बताए। उनले क्याम्पस भित्र हुने गतिविधि विधि र नियमसंगत रुपमा संचालन भए साथ दिन तयार भएको तर एकलौटी रुपमा निर्णय मान्न तयार नहुने बताए।  

कार्यक्रममा जनप्रशासन क्याम्पसमा अध्ययन गरि लोकसेवा मार्फत विभिन्न सरकारी सेवामा प्रवेश गरेका विधार्थीहरुलाई सम्मान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण