२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवाद्वारा स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फको पाठ्यक्रम सार्वजनिक (हेर्नुहोस)

१३ जेष्ठ २०७६, सोमबार ०८:५९

जेठ १३,काठमाडौं। लोक सेवा आयोगले स्थानीन तह अन्तर्गतका अप्राविधिक तर्फ विभिन्न तहको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहका लागि सोमबार अप्राविधिक तर्फ तह ४, ५ र ६ को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो । 

स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौंथो तहका सहायक (प्रशासन सेवा, सामान्य प्रशासन समूह) तथा सह लेखापाल (प्रशासन सेवा, लेखा समूह) पदहरुका लागि प्रथम पत्रमा सामान्य ज्ञान र सामान्य बौद्घिक परीक्षण १०० नम्बरको राखेको छ । जसमा ४० नम्बर ल्याउनेहरुले दोश्रो चरणमा  सामाजिक अध्ययन, कार्यालय संचालन तथा सामान्य गणित लिखित परीक्षा दिन पाउनेछन् । यस अघि खरिदार सरहको तेश्रो पत्रमा रहेको गणित, विज्ञानलाई दोश्रो पत्रमा नै समेटेको छ।

त्यस्तै पाँचौं तहका सहायक (प्रशासन सेवा, सामान्य प्रशासन समूह),लेखापाल-आन्तरिक लेखापरीक्षक-लेखा सहायक (प्रशासन सेवा, लेखा समूह) तथा सहायक (न्याय सेवा, कानून समूह) पदहरुको प्रतियोगितात्मक परीक्षाको लागि प्रथम पत्रमा सामान्य ज्ञान र सामान्य बौद्घिक परीक्षण १०० नम्बरको राखेको छ । जसमा ४० नम्बर ल्याउनेहरुले दोश्रो चरणको १०० नम्बरको सामाजिक–आर्थिक अवस्थाको लिखित परीक्षामा सहभागी हुन सक्नेछन् । यस अघि नासु सरहका लागि तेश्रो पत्र रहेकोमा हाल स्थानीय तहका लागि हटाइएको छ ।

अप्राविधिक तर्फ छैठौं तहका अधिकृत ((प्रशासन सेवा, सामान्य प्रशासन समूह) तथा अधिकृत-आन्तरिक लेखापरीक्षक अधिकृत-लेखा अधिकृत (प्रशासन सेवा, लेखा समूह) पदहरुको लागि प्रथम पत्र प्रशासनिक अभिरुचि परीक्षण मा १०० नम्बर राखिएको छ । दोश्रो पत्रमा शासन प्रणाली र समसामयिक विषय र तेश्रो पत्रमा सेवा समूह सम्बन्धी विषय १००/१०० नम्बर राखिएको छ। 

प्राविधिक तर्फ छैठौं तह, अधिकृत (न्याय सेवा, कानून समूह) पदका लागि प्रथम चरणमा पहिलो पत्र शासन प्रणाली र समसामयिक विषय, द्वितीय पत्रमा समसामयिक कानून तथा अभ्यास १००/१०० नम्बरको राखिएको छ । लोकसेवाले स्थानीय तहका लागि आगामी बुधबार विज्ञापन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

पाठ्यक्रम हेर्नुहोस्

न्याय सेवा, कानून समूह, छैठौं तह, अधिकृत पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रशासन सेवा, सामान्य प्रशासनरलेखा समूह, छैठौं तह, अधिकृत र लेखा अधिकृत रआन्तरिक लेखापरीक्षक अधिकृत पदहरुको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम 

प्रशासन र न्याय सेवा, सामान्य प्रशासन र लेखा र कानून समूह, पाँचौं तह, सहायकर लेखापाल र आन्तरिक लेखापरीक्षक पदहरुको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, चौंथो तह, सहायक र सहलेखापाल पदहरुको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान