२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी सङ्गठनले बुझाए मन्त्री पोखरेललाई ज्ञापनपत्र

२०७६, १८ असार बुधबार ०७:५३

 असार १८, काठमाडौँ |  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले आज शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका  समस्या सुल्झाउन दशबुँदे ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले बुझाउनुभएको सो ज्ञापनपत्रमा शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, सर्वसुलभ एवं निःशुल्क गर्नुपर्ने, शैक्षिकसत्र शुरु भएसँगै निजी शैक्षिक संस्थाले गैरकानूनी रुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्घि तत्काल खारेज गर्नुपर्ने, गत वर्ष संयुक्त विद्यार्थी सङ्गठन र शिक्षा मन्त्रालयबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । 

यस्तै इञ्जिनीयरिङ शिक्षाको विषयमा राज्यले प्रष्ट मापदण्ड बनाई वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, मेडिकल कलेजले मापदण्डभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गरी वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा अव्यवस्थित र गैरकानूनी रुपले सञ्चालनमा रहेका कलेजलाई कानूनी प्रक्रिया पूरा गराइ निश्चित शुल्क, छात्रवृत्तिलगायत मापदण्ड पारदर्शी बनाउनुपर्नेलगायत माग रहेका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले विद्यार्थीका जायज माग पूरा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते