२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति सार्बजनिक ( तालिका सहित )

२०७६, १७ श्रावण शुक्रबार ०८:५८

साउन १७, काठमाडौँ  | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । परीक्षाको पहिलो दिन (भदौ २२ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको ग्रेड सुधार गर्न चाहने विद्यार्थीको परीक्षा पनि २२ गते नै सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

यस्तै २ ओटा विषयको परीक्षा दिने विद्यार्थीका लागि भने पहिलो दिन (२२ गते) सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ भने दोस्रो दिन (२३ गते) ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ । बोर्डका  अनुसार बिद्यार्थीहरुले भदौ ५ गते सम्म परिक्षा आबेदन भरि सक्नुपर्ने  छ  | 

परीक्षा बोर्डका अनुसार जुनसुकै विषयको ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीले परीक्षाको पहिलो दिन अनिवार्य रुपमा परीक्षामा सहभागी हुनुपर्ने छ । तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।

ग्रेड वृद्धि परीक्षाबारे विस्तृत विवरणका लागि तलको सूचना हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते