२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाकी सांसद शान्ता चौधरी सरकारी कलेजमा भर्ना भइन्

२०७६, २९ श्रावण बुधबार ०९:१६

साउन २९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी । दाङबाट यसैवर्ष एसईई पास गरेकी चौधरी दुई दिनअघि रत्नराज्यमा गएर ११ कक्षामा भर्ना भएकी रहिछन् ।

चौधरीलाई विद्यालयका शिक्षकहरुले उनको कक्षामा लगेर सहपाठी विद्यार्थीहरुसँग परिचय गराइदिए । उनले साथीहरुलाई आफ्नो परिचय दिइन् तर विहान चाँडै बैठकहरु परेकाले सबै कक्षा लिन भने पाइनन् । उनलाई कक्षा ११ का विद्यार्थीले स्वागत गर्दै आफूहरुले धेरै कुरा सिक्न पाउने आशा व्यक्त गरे ।

सरकारी सामुदायिक विद्यालयहरुको पठनपाठनको स्तर बृद्धि गर्नका लागि आफू रत्नराज्यको विद्यार्थी बनेको चौधरीले बताइन् । सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आफूले चाहेको उनको भनाइ छ ।

रत्नराज्यबाट संसद भवन पनि नजिकै भएकाले उनलाई केही सहज नै भएको छ । विद्यालय व्यवस्थापन समितिले चौधरीलाई विद्यार्थी प्रतिनिधिका रुपमा व्यवस्थापन समिति सदस्य समेत मनोनित गरेको छ । वाल्यकालदेखिनै जमिन्दारको घरमा कमलरी बसेकी चौधरीले सानैमा पढ्न पाइनन् ।

उनी २०६४ सालमा संविधानसभा सदस्य भएर काठमाडौं आएपछि हस्ताक्षरसमेत गर्न नजान्दा ठाउँ ठाउँमा अपमानित भएपछि पढ्न थालेकी थिइन् । उनले यस वर्ष दाङको महेन्द्र मावि तुलसीपुरबाट एसईई दिएकी थिइन् ।

उनका छोराले १२ कक्षा पास गरिसकेका छन् भने छोरीले यसैवर्ष आमासँगै एसईई दिएकी थिइन् । छोरीले नर्सिङ पढ्न चाहेको र उनको भर्ना बाँकी रहेको चौधरीले बताइन् ।आफूलाई कक्षामा पाउँदा विद्यार्थीहरु उत्साहित पाएको उनको भनाइ छ । चौधरी मानविकी संकायमा समाजशास्त्रको विद्यार्थीको रुपमा भर्ना भएकी हुन् । उनको रोल नम्बर ६२ कायम भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते