२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा हुने

१८ भाद्र २०७६, बुधबार ०८:४५

भदौ १८, काठमाडौं | आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएको छ | ताला खोलिएसँगै एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा आगामी २१ गते हुने शिक्षा मन्त्रालयले जनाएको छ प्रवेश परीक्षा पूर्वनिर्धारित मितिमै गर्नका लागि ताला खुलाइएको शिक्षा मन्त्रीले जनाएको छ |

यसअघि शिक्षासम्बन्धी विभिन्न माग राखी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको स्ववियु र बिभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका थिए । चिकित्सा शिक्षा ऐनले प्रावधान गरेको ७५ प्रतिशत छात्रवृत्ति यसै शैक्षिक सत्रबाट लागू गराउनुपर्नेलगायतका माग विद्यार्थीहरुले राखेका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनको चरणमा रहेको भन्दै शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेको भोलिपल्टै प्रहरीले ताला खुलाएको हो । मन्त्रालयका अनुसार ऐनमा व्यवस्था भएबमोजिम चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त गर्ने, चिकित्सा शिक्षा नियमावली तर्जुमा गर्नेलगायतका कामका लागि प्रक्रिया अघि बढेका छन् ।

चिकित्सा शिक्षा ऐनले ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सुनिश्चित गरे पनि नियमावली नबनेको, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त नभएकोलगायतका कारण तत्काल विद्यार्थीहरुको कतिपय माग कार्यान्वयन गर्न नसकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यसैगरी ऐनको दफा १७ को उपदफा ५ र ७ आपसमा बाझिने खालको भएकाले पनि तत्काल कार्यान्वयनमा कठिनाइ भएको बताए | चिकित्सा शिक्षा ऐनअन्तर्गत चिकित्सा शिक्षा आयोग नबने पनि, ऐन कार्यान्वयनका लागि नियमावली नबने पनि र ऐनमा छात्रवृत्तिको व्यवस्था तोके बमोजिम हुने छ भनेर लेखिए पनि आजै लागू गर् भनेर लागू गर्न सक्ने अवस्था नभएको मन्त्रालयले जानकारी दिएको छ | त्यसको लागि आवश्यक प्रक्रिया पूरा गर्दै जानुपर्ने दाबि गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान