२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा हुने

२०७६, १८ भाद्र बुधबार ०८:४५

भदौ १८, काठमाडौं | आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएको छ | ताला खोलिएसँगै एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा आगामी २१ गते हुने शिक्षा मन्त्रालयले जनाएको छ प्रवेश परीक्षा पूर्वनिर्धारित मितिमै गर्नका लागि ताला खुलाइएको शिक्षा मन्त्रीले जनाएको छ |

यसअघि शिक्षासम्बन्धी विभिन्न माग राखी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको स्ववियु र बिभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका थिए । चिकित्सा शिक्षा ऐनले प्रावधान गरेको ७५ प्रतिशत छात्रवृत्ति यसै शैक्षिक सत्रबाट लागू गराउनुपर्नेलगायतका माग विद्यार्थीहरुले राखेका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनको चरणमा रहेको भन्दै शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेको भोलिपल्टै प्रहरीले ताला खुलाएको हो । मन्त्रालयका अनुसार ऐनमा व्यवस्था भएबमोजिम चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त गर्ने, चिकित्सा शिक्षा नियमावली तर्जुमा गर्नेलगायतका कामका लागि प्रक्रिया अघि बढेका छन् ।

चिकित्सा शिक्षा ऐनले ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सुनिश्चित गरे पनि नियमावली नबनेको, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त नभएकोलगायतका कारण तत्काल विद्यार्थीहरुको कतिपय माग कार्यान्वयन गर्न नसकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यसैगरी ऐनको दफा १७ को उपदफा ५ र ७ आपसमा बाझिने खालको भएकाले पनि तत्काल कार्यान्वयनमा कठिनाइ भएको बताए | चिकित्सा शिक्षा ऐनअन्तर्गत चिकित्सा शिक्षा आयोग नबने पनि, ऐन कार्यान्वयनका लागि नियमावली नबने पनि र ऐनमा छात्रवृत्तिको व्यवस्था तोके बमोजिम हुने छ भनेर लेखिए पनि आजै लागू गर् भनेर लागू गर्न सक्ने अवस्था नभएको मन्त्रालयले जानकारी दिएको छ | त्यसको लागि आवश्यक प्रक्रिया पूरा गर्दै जानुपर्ने दाबि गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते