२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलि हुने एमबिबिएसको प्रवेश परीक्षा नगर्न सर्वोच्चको आदेश

२०७६, २० भाद्र शुक्रबार १०:५८

भदौ २०, काठमाडौँ | सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोकिदिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम)  र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलिका लागि तय भएको एमबिबिएस प्रवेश परीक्षा सर्वोच्चले शुक्रबार रोकिदिएको हो।

आयुष ओझासमेतले  चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट हालेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले दुबै पक्षलाई राखेर छलफल गर्नुपर्ने भएकोले  तत्काल परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो।सर्वोच्चले भदौ २५ गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ।

‘भोलि (शनिबार) एमबिबिएस तहको परीक्षा सञ्चालन नगरी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम तत्कालै यथास्थितिमा राखी छलफलको निम्ति भदौ २५ गते आउनु भनी प्रत्यर्थीहरूलाई म्याद सूचना जारी छलफलको लागि पेशीको सूचना महान्यायाधीवक्ताको कार्यालयलाई समेत दिई उपस्थित भए वा गुजारेपछि नियमानुसार गर्नू,’ आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते