२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मदन-आश्रित विद्यालयद्वारा दशैंको शुभकामना साथै बाल प्रतिभा र शिक्षक सम्मान कार्यक्रम सम्पन्न

२०७६, १२ आश्विन आईतवार १६:५१

असोज १२, काठमाडौँ | काठमाडौँ बुढानीलकण्ठ नगरपालिका -४ स्थित क्वाँटोलमा रहेको मदन-आश्रित आदर्श आधारभुत विद्यालयले आइतबार  शुभ-कामना आदानप्रदान तथा बाल प्रतिभा र साथै शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उपप्रधान तथा रक्षा मन्त्रीको समुपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयको बिकास तथा योगदान गर्ने व्यक्तित्व तथा शिक्षक/शिक्षिकाहरुलाई सम्मानका साथै बाल प्रतिभालाई सम्मान गरेको हो ।

विद्यालयले अभिभावकहरुको समेत निमन्त्रणामा बालबालिकाहरुको प्रतिभाहरुको रुपमा नृत्य तथा नाटक समेत प्रस्तुत गरेको थियो । 


कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले मदन-आश्रित आदर्श आधारभुत बिद्यालयको बिकासको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पोखरेलले नेताहरुको नामबाट स्कुल खुल्दैमा सजिलो तरिकाले स्कुल चल्ने बारेमा नसोची स्थानीय जनताको साथ र समर्थन लिएर अगाडी बढ्न आग्रह गरे । बिद्यालयको लागि स्थानीय जनताले देखाएको मायाँलाई कायम राख्न स्कुलले अझै मेहनत गर्न उनले सुझाव दिए । मन्त्री पोखरेल आफैले स्कूलको शिलान्यास तथा उद्घाटन गरेको स्मरण गर्दै स्कुलका प्रधानाध्यापक राजाराम भण्डारीको ठूलो मेहनतले स्कुल संचालनमा रहेको बताउँदै स्कुल संचालनमा सहयोग गर्ने स्थानीय तथा व्यक्तित्वहरुलाई धन्यवाद दिए ।


मन्त्री पोखरेलले योजनाको खाका सहित आए स्कुलको बिकासको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बिद्यालयले आगामी दिनमा थप प्रगति गर्दै गएको हेर्न चाहेको बताए । 

कार्यक्रममा बोल्दै अधिकांश बक्ताहरुले नजिकिदै गरेको बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गरे । वक्ताहरुले ठूलो संघर्षका बीच संचालनमा रहेको स्कुलको पठनपाठन तथा भौतिक संरचना निर्माणका क्रममा स्थानीयले गरेको सहयोगप्रति धन्यवाद दिँदै स्कुल संचालनमा टेवा पुर्याउने बिद्यालयका प्रधानाध्यापक राजाराम भण्डारी, सह-प्रधानाध्यापक तथा पारिश्रमिक समेत नलिई लामो समयदेखि अध्यापन गराउदै आएका शिक्षक/शिक्षिकाहरुको खुलेर प्रशंशा गरे । 


बिद्यालयका प्रधानाध्यापक भण्डारीले विद्यालयको वर्तमान गतिविधिबारे जानकारी गराउँदै शिक्षकहरुको सामुहिक मिहिनेतले नै विद्यालयले निरन्तर सुधार गर्ने प्रयास गर्दै आएको बताए । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमका बीच प्रधानाध्यापक राजाराम भण्डारीले आफ्ना बिद्यार्थीहरुलाई टिका, जमरा र नगद प्रदान गर्दै नजिकिदै गरेको दशैँको शुभकामना प्रकट गरे । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते