२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक अध्ययनमा जानेहरुलाई अनलाइनबाटै एनओसी

३० आश्विन २०७६, बिहीबार ०५:१७

असोज ३०, काठमाडौँ | अध्ययनको शिलशिलामा विदेश जान चाहने विद्यार्थीहरुले अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन् । हरेक वर्ष विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट अनुमतिपत्र दिने काम सुरु गर्न लागेको हो । 

योजना अनुसार यसरी अनलाइनबाटै एनओसी दिने काम आगामी मंसिर पहिलो सातादेखि सुरु हुने मन्त्रालयका उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिएका छन् । अहिले एनओसी लिन मन्त्रालयको एनओसी शाखामा लाइन बस्नुपर्ने बाध्यता छ । एनओसीको लागि आवेदन दिने सबैले एनओसी पाउँदैनन् । अनलाइनबाटै विद्यार्थीले अनुमतिपत्र पाउँने भएपछि एनओसी लिने लाइनमा बसीराख्नु पर्ने झंजट हुनेछैन। अनलाइनमा आवेदन दिएपछि अनलाइनबाटै पाएको अनुमति प्रिन्ट गरि विद्यार्थीहरुले आफ्नो प्रयोजनका लागि सम्बन्धित निकायमा बुझाउन सक्नेछन् । 

एनओसी लिनको लागि लाग्ने शुल्क बैंकमार्फत बुझाउनुपर्नेछ । एनओसीको लागि आवेदन दिंदा शुल्क बुझाएको बैंक भौचर, आवेदन, शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात विद्यार्थीले अनलाइनबाटै शाखामा पठाएपछि त्यसैको आधारमा एनओसी प्राप्त गर्न सकिनेछ । साखाका अनुसार राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयमा समेत सफ्टवेयर जोडेर गरेर शैक्षिक प्रमाणपत्रको जाँचलगायत परीक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य