२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक अध्ययनमा जानेहरुलाई अनलाइनबाटै एनओसी

२०७६, ३० आश्विन बिहीबार ०५:१७

असोज ३०, काठमाडौँ | अध्ययनको शिलशिलामा विदेश जान चाहने विद्यार्थीहरुले अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन् । हरेक वर्ष विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट अनुमतिपत्र दिने काम सुरु गर्न लागेको हो । 

योजना अनुसार यसरी अनलाइनबाटै एनओसी दिने काम आगामी मंसिर पहिलो सातादेखि सुरु हुने मन्त्रालयका उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिएका छन् । अहिले एनओसी लिन मन्त्रालयको एनओसी शाखामा लाइन बस्नुपर्ने बाध्यता छ । एनओसीको लागि आवेदन दिने सबैले एनओसी पाउँदैनन् । अनलाइनबाटै विद्यार्थीले अनुमतिपत्र पाउँने भएपछि एनओसी लिने लाइनमा बसीराख्नु पर्ने झंजट हुनेछैन। अनलाइनमा आवेदन दिएपछि अनलाइनबाटै पाएको अनुमति प्रिन्ट गरि विद्यार्थीहरुले आफ्नो प्रयोजनका लागि सम्बन्धित निकायमा बुझाउन सक्नेछन् । 

एनओसी लिनको लागि लाग्ने शुल्क बैंकमार्फत बुझाउनुपर्नेछ । एनओसीको लागि आवेदन दिंदा शुल्क बुझाएको बैंक भौचर, आवेदन, शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात विद्यार्थीले अनलाइनबाटै शाखामा पठाएपछि त्यसैको आधारमा एनओसी प्राप्त गर्न सकिनेछ । साखाका अनुसार राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयमा समेत सफ्टवेयर जोडेर गरेर शैक्षिक प्रमाणपत्रको जाँचलगायत परीक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते