२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

२०७६, १९ कार्तिक मंगलवार १०:१६

कार्तिक १९, बैतडी | दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ। वडा नम्बर  १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले  ती विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिएको छ। 

वडा नम्बर ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा पनि आठ विद्यार्थी मात्रै भर्ना भएका छन्। कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षक कार्यरत छन्। सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै गएकाले यसमा विद्यार्थीको आकर्षण घट्दै गएको शिक्षा क्षेत्रका जानकार बताउँछन्। वडा नम्बर ८ स्थित त्रिपुरा आधारभूत विद्यालयमा १७ विद्यार्थी अध्ययनरत रहेकामा तीन  शिक्षक कार्यरत छन्। वडा नम्बर ६ स्थित ईश्वर आधारभूत विद्यालयमा १८  विद्यार्थीका लागि १२ शिक्षक कार्यरत छन् भने मण्डलास्थित जगन्नाथ आधारभूत विद्यालयमा २९ विद्यार्थीका लागि चार  शिक्षक कार्यरत छन्। 

उक्त नगरपालिकामा १० भन्दा बढी आधारभूत विद्यालयले विद्यार्थीको अभाव जेल्दै आएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताए। सदरमुकामका कम विद्यार्थी भएका विद्यार्थीलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरे पनि कानूनी जटिलताले गर्न सकिने अवस्था नरहेको उनको भनाइ थियो। 

जिल्ला शिक्षा समितिले पनि विद्यालय समायोजनको नीति बनाउन सकेको छैन्। सङ्घीय शिक्षा ऐन नै नआएका कारण अहिले नै समायोजनका विषयमा केही गर्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्करराज शर्माले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते