२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्याधुनिक मेगा हल निर्माण गर्दै काठमाडौं महानगरपालिका

२ असार २०७७, मंगलवार १६:३६

असार २, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न मेगा हल निर्माण गर्ने भएको छ । 

काठमाडौँको भृकुटी मण्डपमा अवस्थित उक्त क्षेत्रफलमा निर्माण गरिने मेगाहलको प्रस्तावित डिजाइन तयार भइसकेको छ । उपत्यकाको बास्तुकलालाई समेत ध्यानमा राखेर नगरपालिकाको शहरी योजना आयोगले उक्त मेगाहलको प्रस्तावित डिजाइन तयार पारेको हो । “एक लाख १४ हजार वर्गमिटरको पाँचतले मेगाहल निर्माणका लागि प्रस्तावित डिजाइन तयार पारिएको छ”, आयोगका उपाध्यक्ष सरोज बस्नेतले भन्नुभयो, “दुई सय १२ रोपनी क्षेत्रफलमध्ये करीब ६० प्रतिशतमा हरियाली बगैँचा र ४० प्रतिशतमा मेगा हल निर्माण हुनेछ ।” उहाँले मेगा हल निर्माण गर्दा खुला क्षेत्र र हरियालीलाई प्राथमिकता दिएर डिजाइन तयार पारेको जानकारी दिनुभयो ।

“प्रस्तावित डिजाइनमै अहिले भैरहेका भौतिक संरचनाभन्दा निकै कम निर्माण गर्ने गरी योजना अघि सारेका छौँ”, उहाँले भन्नुभयो, “यहाँ मात्रै होइन महानगरपालिका भित्रका पार्कलगायत अन्य डिजाइनहरुमा पनि खुला क्षेत्र र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएका छौँ ।” 

उक्त भवनका दुई तलामा एक हजार कार अटाउने पार्किङ हुनेछ भने दुई सय जना अटाउने छ वटा मिटिङ हल, चार सय ५० जना अटाउने तीन वटा कन्फरेन्स हल र तीन हजार अटाउने अडिटोरियम हल एउटा रहने छ । “मेगा हलमा एकै पटक दुई हजारसम्म अट्ने दुई वटा प्रर्दशनी हलसहितको डिजाइन तयार पारेका छौँ”, उपाध्यक्ष बस्नेतले भन्नुभयो, “नवप्रर्वद्धन केन्द्र छ वटा रहने छन् भने पाँच वटा स्वागत कक्षको डिजाइन तयार पारेका छौँ ।” 

यो मेगा हलमा २२ वटा लिफ्ट र १२ वटा एस्कालेटर रहने छन् । उपाध्यक्ष बस्नेतका अनुसार ट्राफिक व्यवस्थापनलाई समेत ध्यानमा राखेर दीर्घकालिन र अल्पकालिन सोँचसहित मेगाहलको डिजाइन तयार पारिएको छ । “हामीले डिजाइनमा चार स्थानबाट प्रवेश र दुई स्थानबाट निकासद्वारको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा साल्ट टे«निङ, भद्रकाली र भृकुटी मण्डपबाट प्रवेशको व्यवस्था हुनेछ । धरहरा निर्माण सम्पन्नपछि धरहराबाट सिधै टुँडिखेलबाट अन्डरपाससहित मेगा हल प्रवेश गराउने गरी डिजाइन तयार पारेका छौँ ।” बस्नेतका अनुसार रु १२ अर्बको लगानीमा निर्माण गर्न लागिएको यो हलमा ग्रिन रुम, फुडकोड, सार्वजनिक शौचालय, रेष्टुरेन्ट, सभाहल, प्रदर्शनीहललगायत रहने छन् । “यो हलको छानो र पिल्लरहरु पनि मौलिक खालका हुनेछन्”, उहाँले भन्नुभयो,  “हामीले बास्तुकलालाई समेत ध्यानमा राखेर डिजाइन तयार पारेका छौँ ।”

उपाध्यक्ष बस्नेतले कोरोनाको महामारीबाट मुलुक लयमा फर्किने वित्तिकै कामलाई तीव्ररुपमा अघि बढाइने बताउनुभयो । समाज कल्याण परिषद् मातहतमा रहेको उक्त जग्गालाई महानगरपालिकाको मातहतमा ल्याएर मेगा हल निर्माण गर्न सम्वन्धित निकायसँग सहमतिको लागि आवश्यक पत्राचार भै प्रक्रिया अघि बढिसकेको पनि उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान