२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपनको सडक र पसल बर्सेनि डुबानमा

२०७७, ७ श्रावण बुधबार ०४:३४

साउन ७, शङ्खरापुर । बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ । 

सडकको किनारबाट उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको छ र पसल डुबानमा पर्ने गरेका छन् । चाबहिलको गोपीकृष्ण हल नजिक ढल भत्किएर सडकबाट नहरमा झैँ पानी बग्ने गरेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको भन्दै स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।

आजभोलिको समयमा त सडकमा पर्ने ढलको जताततैबाट पानी बग्ने गरेको छ । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल तथा अन्य सवारी साधनसमेत दुर्घटनामा पर्ने गरेका छन् । 

घुडाँसम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । हातमा जुत्ता बोकेर पैदल हिँड्दै गरेका कपन सरस्वतीनगर बस्ने रामप्रसाद दुलाल भन्नुहुन्छ, “यस्ता समस्या हामीले वर्षौँदेखि खेप्दै आएका छौँ । धेरैपटक यहाँको स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग मर्मत तथा स्तरोन्नतिको माग नराखेको पनि होइन तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्ति रहेको देखियो ।”

ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे कता छ भनेर थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् । यहाँको सडक हुँदै मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेहरुलाई त निकै समस्या छ । कपन मिलनचोक बस्ने नवीनप्रकाश कोइराला सडकमा बगेको पानी देखाउँदै आक्रोशसहितको कोइरालाले प्रश्न गर्नुभयो, “हेर्नुस् त यो सडक हो कि खोला हो ? यहाँ यात्रा कसरी गर्ने ? पैदल जाने त झन् सम्भावना नै छैन । यसरी कहिलेसम्म सहने ? कपनवासीको भोट पाएर विकास गर्छु भन्ने नेता अहिले कुन दुलोमा छन् ?”

कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका स्थानीयवासी आजित बनेका छन् । कपन मिलनचोकमा रहेको तरकारी बजार हुँदै आकाशेधारा पुग्ने सडकको दयनीय अवस्थाका कारण तरकारी व्यवसाय नै चौपट भएको भन्दै व्यापारीको गुनासो छ । गुनासो भए पनि सुनेर माग सम्बोधन गर्ने कोही नभएपछि उनीहरुको आक्रोश झन् बढी देखिन्छ । 

यसरी सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर सुविधा दिनुपर्ने माग छ तर जनप्रतिनिधि तथा ठेकेदार कम्पन्नीले भने विभिन्न कारण देखाउँदै स्थानीयवासीको मागको बेवास्ता गर्दै आएका छन् । सरकारले सडक निर्माण सम्पन्नका लागि उपयुक्त निर्णयका साथ निर्माणकार्य अगाडि नबढाउने हो भने यहाँका स्थानीयवासीले अझै केही वर्ष अहिलेकै अवस्थाको सडक व्यहोर्नुपर्ने स्थिति छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण