२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ बर्षमा सक्नुपर्ने शैक्षिक कार्यक्रम ७ बर्ष लगाएको भन्दै विश्वविद्यालयलाई ज्ञापनपत्र

२०७७, १२ श्रावण सोमबार १४:५२

मन्जिल कन्दङवा (काठमाडौं) । साउन १२, काठमाडौँ । त्रिभूवन विश्वविद्यालय कानून संकाय अन्तर्गत बी.ए.एल.एल.बी दोश्रो सिमेष्टरका विद्यार्थीहरुले आफ्नो शैक्षिक कार्यक्रम समयमै समापन गरिदिनको लागि डीन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । दश सिमेष्टर रहेको उक्त शैक्षिक कार्यक्रम पाँच बर्षभित्रमा सक्नुपर्ने हुन्छ ।

२०७५ साल माघ महिनाको अनत्यतिर प्रथम सिमेष्टर सुरु भई हालसम्ममा पनि दोश्रो सिमेष्टर नसकिएपछि विद्यार्थीहरु असन्तुष्ट बनेका हुन् । यसरी नै सिमेष्टर लम्ब्याउँदा ५ बर्षमा सकिनु पर्ने शैक्षिक कार्यक्रम सकिन ७ बर्ष लाग्ने भन्दै विद्यार्थीहरुले आपति जनाएका छन् । विद्यार्थीहरुले डीन कार्यालयले विद्यार्थीहरुको जायज मागहरुप्रति बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । एक सिमेष्टर सक्न किन ८ महिना लाग्यो भन्ने प्रश्नको सन्दर्भमा कानून संकायका डीन डा. विजय सिंह सिजापतिले आफुँ बेखबर रहेको बताए ।


विद्यार्थीहरुले यस शैक्षिक कार्यक्रमलाई समयमा समापन गर्नका लागि सिमेष्टर अपग्रेडको पनि प्रस्ताव राखेका छन् । उपस्थित एक विद्यार्थी भन्छन्, “यसो भनिरहँदा हामी परीक्षादेखि डराएको चाहि होइन,एउटा समाधानको लागि वैकल्पिक बाटोको प्रस्ताव मात्रै गरेका हौँ । हामी परीक्षा दिन पनि तयार नै छौँ ।“

ज्ञापनपत्रको अवहेलना गरि कानुन संकाय आफ्नो पुरानै रवैयामा अडिग रह्यो भने बी.ए.एल.एल.बी २०७५ ब्याच का २८० बिध्यार्थीहरुले शैक्षिक आन्दोलन देखि लिएर अन्य विभिन्न कदमहरु चाल्ने चेतावनी पनि दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते