२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ बर्षमा सक्नुपर्ने शैक्षिक कार्यक्रम ७ बर्ष लगाएको भन्दै विश्वविद्यालयलाई ज्ञापनपत्र

१२ श्रावण २०७७, सोमबार १४:५२

मन्जिल कन्दङवा (काठमाडौं) । साउन १२, काठमाडौँ । त्रिभूवन विश्वविद्यालय कानून संकाय अन्तर्गत बी.ए.एल.एल.बी दोश्रो सिमेष्टरका विद्यार्थीहरुले आफ्नो शैक्षिक कार्यक्रम समयमै समापन गरिदिनको लागि डीन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । दश सिमेष्टर रहेको उक्त शैक्षिक कार्यक्रम पाँच बर्षभित्रमा सक्नुपर्ने हुन्छ ।

२०७५ साल माघ महिनाको अनत्यतिर प्रथम सिमेष्टर सुरु भई हालसम्ममा पनि दोश्रो सिमेष्टर नसकिएपछि विद्यार्थीहरु असन्तुष्ट बनेका हुन् । यसरी नै सिमेष्टर लम्ब्याउँदा ५ बर्षमा सकिनु पर्ने शैक्षिक कार्यक्रम सकिन ७ बर्ष लाग्ने भन्दै विद्यार्थीहरुले आपति जनाएका छन् । विद्यार्थीहरुले डीन कार्यालयले विद्यार्थीहरुको जायज मागहरुप्रति बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । एक सिमेष्टर सक्न किन ८ महिना लाग्यो भन्ने प्रश्नको सन्दर्भमा कानून संकायका डीन डा. विजय सिंह सिजापतिले आफुँ बेखबर रहेको बताए ।


विद्यार्थीहरुले यस शैक्षिक कार्यक्रमलाई समयमा समापन गर्नका लागि सिमेष्टर अपग्रेडको पनि प्रस्ताव राखेका छन् । उपस्थित एक विद्यार्थी भन्छन्, “यसो भनिरहँदा हामी परीक्षादेखि डराएको चाहि होइन,एउटा समाधानको लागि वैकल्पिक बाटोको प्रस्ताव मात्रै गरेका हौँ । हामी परीक्षा दिन पनि तयार नै छौँ ।“

ज्ञापनपत्रको अवहेलना गरि कानुन संकाय आफ्नो पुरानै रवैयामा अडिग रह्यो भने बी.ए.एल.एल.बी २०७५ ब्याच का २८० बिध्यार्थीहरुले शैक्षिक आन्दोलन देखि लिएर अन्य विभिन्न कदमहरु चाल्ने चेतावनी पनि दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा