२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रविधिमार्फत सम्मेलनमा जोडिए ८८ गुरुकुल

२०७७, १९ भाद्र शुक्रबार ०४:४३

भदौ १९, काठमाडौँ । गुरुकुल वेद पढ्ने, कर्मकाण्ड सिक्ने ठाउँ हो । यहाँ अध्ययन गर्नेले समसामयिक कुरा एवं सूचना प्रविधिका विषयमा जान्दैनन् भन्ने सोच पाल्नुभएको छ भने अब त्यो गलत सावित भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बीच देशका ५० जिल्लामा फैलिएका ८८ गुरुकुलले जुम प्रविधिमार्फत् सम्मेलन गरेका छन् । विसं २०७० देखि गुरुकुल प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल महर्षि वैदिक फाउण्डेसनले यो प्रविधिबाट सम्मेलनको आयोजना गरेको हो । गुरुकुलमा विश्व शान्तिको सङ्कल्पले सात वर्ष अघिदेखि शुरु गरिएको वैदिक रुद्राभिषेक पनि प्रविधिका माध्यमबाट हेर्न सकिने गरी पूर्वाधार व्यवस्था गरिएको थियो ।

राज्य व्यवस्थाको उच्चतम वैदिक समाजवादको ज्ञान दिने स्थान गुरुकुल नै हो । यसका लागि समाजमा जनचेतनाको विस्तार तथा गुरुकुल व्यवस्थापकलाई अझ बढी सचेत र जागरूक बनाउँदै गुरुकुलको दिगो विकास, समृद्धि तथा आदर्श स्थापित गराउने उद्देश्यले आयोजना गरिएको सम्मेलन भदौ १० गतेदेखि शुरु भएको हो । सम्मेलन प्रदेशगतरूपमा आयोजना गरिएको थियो ।

प्रविधिमार्फत् एक सातासम्म आयोजना गरिएको गुरुकुल सम्मेलनमा देशभरका ८८ वटा गुरुकुलका प्रतिनिधिले वैदिक यज्ञको प्रभावकारिता, गुणस्तरीय शिक्षा, गुरुकुललाई आत्मनिर्भर बनाउन अक्षयकोषको व्यवस्था, वैदिक संस्कारसँग जोडिएका सामग्रीको उत्पादन तथा गुरुकुल परिसरमा वैदिक जैविक कृषि र गुरुकुललाई ध्यान र ज्ञान केन्द्र बनाउनु पर्छ भन्ने विषयमा धारणा राख्नुभएको थियो । 

संस्थाका पदाधिकारी, भावातीत ध्यान र सिद्धि प्रशिक्षक तथा गुरुकुल निरीक्षक, गुरुकुलमा कार्यरत भावातीत ध्यान शिक्षक, आचार्यलगायत गुरुकुल सञ्चालक समितिका पदाधिकारीको सम्मेलनमा सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

“गुरुकुलले स्वावलम्बी बन्दै उच्चस्तरको शिक्षा प्रदान गरी आधुनिक समाजका उत्कृष्ट राजनेता, प्रशासक, न्यायाधीश तथा विभिन्न क्षेत्रका विज्ञ उत्पादन गर्न सक्नुपर्छ, गुरुकुल ध्यान र ज्ञान केन्द्र बन्नु पर्दछ, समाजमा आएका जुनसुकै समस्यालाई आयुर्वेद, ज्योतिष, वास्तुशास्त्र, वैदिक कृषि, यज्ञ अनुष्ठान जस्ता वैदिक प्रविधिद्वारा समाधान गर्न सक्ने केन्द्रका रूपमा गुरुकुल स्थापित हुनु पर्दछ”, उहाँले भन्नुभयो ।  

‘आधुनिक विज्ञानको जननी वैदिक ज्ञान’

विनापरिधीय विश्व शान्ति राष्ट्रका तर्फबाट नेपालका लागि अन्तर्राष्ट्रिय निर्देशक डा किङ्ग्स्ले ब्रुक्सले आधुनिक विज्ञानको जननी वैदिक ज्ञान रहेको उल्लेख गर्दै वैदिक प्रविधिले प्रकृतिको सूक्ष्मस्तरमा प्रभाव पार्न सक्ने भएकाले यस्तो ज्ञानलाई जीवित राख्न गुरुकुलको संस्थागत विकास हुनुपर्ने बताउनुभयो । “वैदिक प्रविधिको पूरा प्रभाव ल्याउनका लागि प्रकृतिको सूक्ष्मतम स्तर प्राकृतिक नियमको एकत्वको क्षेत्रको अनुभव हुनु पर्दछ, जुन हामीभित्रै निहित भावातीत चेतनाको अनुभव हुनु हो, त्यसका लागि वैदिक पण्डितले दैनिक भावातीत ध्यान, सिद्धि र यौगिक उडानको अभ्यासबाट परा क्षेत्रमा स्थापित हुँदै वैदिक अनुष्ठान गर्नु पर्दछ”, उहाँले भन्नुभयो । 

ब्रह्मचारीद्वय आत्माराम र रामप्रसादले आद्यशङ्कराचार्यको ‘यदि यज्ञबाट फल प्राप्त भएको छैन भने यो बुझ्नु पर्दछ कि यज्ञ सहीरूपमा गरिएको छैन, अन्यथा यज्ञबाट शतप्रतिशत नै फल प्राप्त हुन्छ’ भन्ने भनाइलाई स्मरण गराउनुभएको थियो । सहीरूपमा यज्ञ गर्न गराउन गुरुकुल सफल हुनुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।

कार्यक्रममा चेतनामा आधारित शिक्षा कार्यक्रमका निर्देशक मीनराज अधिकारी, भावातीत ध्यान र सिद्धि प्रशिक्षक सोमनाथ गर्तौला, संस्थाका व्यवस्थापक तथा भावातीत ध्यान शिक्षकत्रय डिल्लीराम अधिकारी, तुलसी नेपाल र अभिमन्यु नेपाललगायतले अहिलेको मानिसलाई मानसिक शान्ति तथा स्वस्थ शरीर बनाउन र ध्यान सिकाइ नियमित अभ्यासका लागि गुरुकुल ध्यान केन्द्र बन्नुपर्नेमा जोड दिनुुभएको थियो ।

विसं २०७० मा देशभर सञ्चालनमा रहेका गुरुकुलसँग सहकार्य गर्ने गरी गुरुकुल प्रवद्र्धन कार्यक्रम शुरु भएको थियो । गुरुकुल प्रवद्र्धन निर्देशिका, २०७० जारी गर्दै फाउण्डेसनले २०७० माघ २२ गतेदेखि देशभरका १४ वटा गुरुकुलबाट  कार्यक्रमको थालनी गरेको हो । 

फाउण्डेसनले गुरुकुलमा योगासन, प्राणायाम, भावातीत ध्यान र सिद्धि एवं वैदिक रुद्राभिषेक यज्ञ तथा गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको छ । गुरुकुलको सर्वाङ्गीण विकासका लागि विशेष पहल एवं सहयोग भइरहेको छ । वैदिक सनातन धर्म, संस्कृति, परम्परा, मूल्य, मान्यताको संरक्षण, संवद्र्धन तथा प्रचारप्रसारका लागि समुदायद्वारा स्थापित गुरुकुलसँग फाउण्डेसनले सहकार्य गरेको अध्यक्ष बाँस्कोटाले बताउनुभयो ।

कार्यक्रममार्फत् फाउन्डेसनले गुरुकुलका दैनिक क्रियाकलाप वैदिक दिनचर्यामूलक बनाउन त्रिकाल सन्ध्यावन्दन, ध्यान साधना एवं मन्त्रमय क्रियाकलाप तथा गुणस्तरीय शिक्षाको व्यवस्थाद्वारा गुरुकुलमा वैदिक संस्कृति, आचरण एवं ज्ञानको जागृतिको व्यवस्था गरेको छ ।

फाउण्डेसनले निकट भविष्यमा १२५ गुरुकुलसँग सहकार्यको लक्ष्य राखेको छ । गुरुकुलसँग सहकार्यको सात वर्षमा फाउण्डेसनले सातवटै सम्मेलनको आयोजना गरिसकेको छ । यस पटक भने कोरोना महामारीका कारण सम्मेलन जुम प्रविधिमार्फत् सञ्चालन गरिएको हो । राज्यले वैकल्पिक शिक्षाको रूपमा मात्रै स्वीकारेको गुरुकुल शिक्षा, मूल रूपमा मानव जीवनको सर्वोच्च आधार हो । विश्वका प्रायः सम्पूर्ण भाषाको जननी तथा प्रकृतिको भाषा संस्कृतको संरक्षणमा गुरुकुलको महत्वपूर्ण देन रहेकामा सम्मेलनले जोड दिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण