२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षामा अपूरणीय क्षति हुनसक्ने

२७ भाद्र २०७७, शनिबार १२:०४

भदौ २७, बुटवल | कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपूरणीय क्षति हुन सक्ने  खतरा शिक्षा क्षेत्रका जानकारहरुले औँल्याएका छन् । उहाँहरुले लामो समय शिक्षण संस्था बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाइसमेत गुम्न सक्ने र बीचमै पढाइ छाड्ने दर बढेर जाने खतरा रहेको समेत औँल्याइएका छन । रोटरी क्लब अफ बुटवलको आयोजना र रिजन फाइभ अन्तर्गतका रोटरी र रोटर्याक्ट क्लबहरुको सहआयोजनामा भएको शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अवको अभ्यास विषयक भर्चुअल अन्तक्र्रियाका वक्ताले यस्तो धारण व्यक्त गरेका हुन् ।

रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले कोभिड–१९ को महामारीले शिक्षा क्षेत्रमा अन्योलतासँगै चुनौती थपिएको बताउनुभयो । लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानी छुटेपछि बीचमै पढाइ छाड्ने दर बढ्ने खतरा रहेको उहाँको भनाइ छ । शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाइ सहज  मानिए पनि ग्रामीण क्षेत्रमा यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट समेत बाहिर रहेको उल्लेख गर्दै उहाँले सङ्कटको बेलामा शिक्षा क्षेत्रमा जागरुकता ल्याउन रोटरियनहरुको भूमिका बढेको बताए ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिँदै आगामी असोज १ गतेदेखि लागू हुनेगरी सिकाइ सहजीकरण निर्देशिका ल्याइएको बताउनुभयो । विज्ञको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भए पनि शैक्षिक सत्र खेर जान नदिइने उहाँको भनाइ छ । प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागी गराउने तरिका र विकल्पबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै विश्वविद्यालय भने वैकल्पिक  सिकाइमा अझ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

निजी तथा आवासीय विद्यालयहरुको सङ्गठन (प्याब्सन) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले सिकाइ निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै शिक्षामा निजी क्षेत्रको योगदानलाई पनि नबिर्सन सरकारको ध्यानाकर्षण गराउनुभयो । अहिले देशभरका दुई हजारभन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरतमध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउन सक्ने सम्भावना रहेको भन्दै उहाँले २० प्रतिशत विद्यार्थीले निजी स्कूल छोड्न सक्ने सम्भावना पनि उहाँले औँल्याउनुभयो । उहाँले विद्यार्थी भर्ना र वार्षिक शुल्क उठाउने कुरालाई खुला गर्न पनि माग गर्नुभयो । 

रोटरी नेपाल साक्षरता अभियान आरआई डिष्ट्रिक ३२९२ का चेअर एवं पिडिजी तीर्थमान शाक्यले शिक्षा क्षेत्रमा रोटरीले चलाएको अभियानबारे जानकारी गराउँदै शत्प्रतिशत साक्षर बनाउने गरी रोटरी अभियान अघि बढेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई इ–लर्निङप्रति उत्प्रेरणा जगाउने गरी रोटरीले अभियान चलाएको पनि बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान