२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षामा अपूरणीय क्षति हुनसक्ने

२०७७, २७ भाद्र शनिबार १२:०४

भदौ २७, बुटवल | कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपूरणीय क्षति हुन सक्ने  खतरा शिक्षा क्षेत्रका जानकारहरुले औँल्याएका छन् । उहाँहरुले लामो समय शिक्षण संस्था बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाइसमेत गुम्न सक्ने र बीचमै पढाइ छाड्ने दर बढेर जाने खतरा रहेको समेत औँल्याइएका छन । रोटरी क्लब अफ बुटवलको आयोजना र रिजन फाइभ अन्तर्गतका रोटरी र रोटर्याक्ट क्लबहरुको सहआयोजनामा भएको शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अवको अभ्यास विषयक भर्चुअल अन्तक्र्रियाका वक्ताले यस्तो धारण व्यक्त गरेका हुन् ।

रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले कोभिड–१९ को महामारीले शिक्षा क्षेत्रमा अन्योलतासँगै चुनौती थपिएको बताउनुभयो । लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानी छुटेपछि बीचमै पढाइ छाड्ने दर बढ्ने खतरा रहेको उहाँको भनाइ छ । शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाइ सहज  मानिए पनि ग्रामीण क्षेत्रमा यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट समेत बाहिर रहेको उल्लेख गर्दै उहाँले सङ्कटको बेलामा शिक्षा क्षेत्रमा जागरुकता ल्याउन रोटरियनहरुको भूमिका बढेको बताए ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिँदै आगामी असोज १ गतेदेखि लागू हुनेगरी सिकाइ सहजीकरण निर्देशिका ल्याइएको बताउनुभयो । विज्ञको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भए पनि शैक्षिक सत्र खेर जान नदिइने उहाँको भनाइ छ । प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागी गराउने तरिका र विकल्पबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै विश्वविद्यालय भने वैकल्पिक  सिकाइमा अझ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

निजी तथा आवासीय विद्यालयहरुको सङ्गठन (प्याब्सन) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले सिकाइ निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै शिक्षामा निजी क्षेत्रको योगदानलाई पनि नबिर्सन सरकारको ध्यानाकर्षण गराउनुभयो । अहिले देशभरका दुई हजारभन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरतमध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउन सक्ने सम्भावना रहेको भन्दै उहाँले २० प्रतिशत विद्यार्थीले निजी स्कूल छोड्न सक्ने सम्भावना पनि उहाँले औँल्याउनुभयो । उहाँले विद्यार्थी भर्ना र वार्षिक शुल्क उठाउने कुरालाई खुला गर्न पनि माग गर्नुभयो । 

रोटरी नेपाल साक्षरता अभियान आरआई डिष्ट्रिक ३२९२ का चेअर एवं पिडिजी तीर्थमान शाक्यले शिक्षा क्षेत्रमा रोटरीले चलाएको अभियानबारे जानकारी गराउँदै शत्प्रतिशत साक्षर बनाउने गरी रोटरी अभियान अघि बढेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई इ–लर्निङप्रति उत्प्रेरणा जगाउने गरी रोटरीले अभियान चलाएको पनि बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा