२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न माग

२ आश्विन २०७७, शुक्रबार १३:४६

असोज २, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेका छन् । 

विद्यार्थी सङ्गठनले  सयुक्त रुपमा मन्त्रालयमा आज मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले नीजि विद्यालय र कलेजले अनलाइन कक्षाका नाममा गैरकानूनीरुपमा चर्को शुल्क उठाइरहेकाले त्यस्तो शुल्क उठाउन बन्द गर्नसमेत आग्रह गरेको अनेरास्ववियूका नेता आरसी लामिछानेले जानकारी दिनुभयो । 

ज्ञापनपत्रमा विद्यार्थी सङ्गठनले सरकारले भर्ना गर्ने सार्वजनिक गरेको मितिदेखि मात्रै तोकिएको शिक्षण शुल्क लिन पाउने व्यवस्था गर्न माग गरेका छन् । यस्तै कोरोना भाइरस (कोभिड–१९)का कारणले अलपत्र परेका विद्यार्थीलाई जिविकोपार्जन र कोठाभाडाको सन्र्दभमा तत्काल राहत प्याकेज घोषणा गर्न माग गरिएको छ ।

यसैगरी पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वनलगायत विश्वविद्यालयमा पदाधिकारी नहुँदा सम्पूर्ण काम अस्तव्यस्त भएकाले ती विश्वविद्यालयमा दलिय भागबन्डा नगरी खुला प्रतिस्पर्धाका आधारमा तत्काल पदाधिकारी नियुक्ति गर्न माग गरिएको छ । 


सरकारी छात्रवृति दोब्बर गरी वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाइ पारदर्शी ढङ्गले कार्यान्वयन गर्न, अन्य विषयमा उत्र्तिण गरेका तर गणितमा डी ग्रेड ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुने व्यवस्था गर्न, कक्षा ११ को भर्नामा मनपरी शुल्क असुुल बन्द गर्नसमेत ज्ञापन पत्रमा उल्लेख छ । 

यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले प्रवेश परीक्षा नलिइ जीपीएका आधारमा भर्ना गर्ने सूचना जारी गरेको र त्यसबाट सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट बञ्चित हुने देखिएकाले सरकारी विद्यालयका ८० प्रतिशत र निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गरेको छ । 

शैक्षिक संस्थामा बनाइएका सम्पूर्ण क्वारेन्टिन हटाउन, शैक्षिकशत्र खेर नजाने गरी पाठनपाठनको योजना बनाइ कक्षा सञ्चालनको वातावरण बनाउन, कक्षा १२, क्याम्पस र विश्वविद्यालय तहका रोकिएका, नियमित तथा आंशिक परीक्षा सञ्चालनको ठोस मापदण्ड बनाइ क्रमशः तथा अन्तिम सेमेष्टरको परीक्षा सञ्चालन गर्नसमेत माग गरिएको छ । 

ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले गुणस्तरिय शिक्षा बनाउनका लागि सरकार लागेको उल्लेख गर्दै गुणस्तरिय शिक्षा कस्तो बनाउने भन्नेमा प्रतिवेदन तयार भइरहेको जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउन अनेरास्ववियूका संयोजक ऐन महर, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाल, अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेल, अखिल (पाँचौ)का अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठलगायत १३ विद्यार्थी सङगठनका अध्यक्षको सहभागिता रहेको थियो  । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान