२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोक सेवाका सम्पूर्ण लिखित परीक्षा कार्यक्रम स्थगित

२०७७, ३ कार्तिक सोमबार ०८:२६

कात्तिक ३, काठमाडौं । लोक सेवा आयोगले कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगको सोमबार बसेको वैठकको निर्णयानुसार अर्को सूचना प्रकाशन नभएसम्म हाललाई निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका मिति २०७७ साल कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको  छ ।  

लोकसेवा आयोगद्वारा जारी सूचना 

हाल विश्वव्यापी महामारी को रूपमा फैलिएको कोरोना भाइरसको कारण आयोगबाट सञ्चालन हुने परीक्षा में सम्मिलित हुने उम्मेदवारहरूमा श्रृजना भएको भय एवम् आयोगका कर्मचारीहरू समेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू समेत बन्द गर्नु परेको र कर्मचारीहरू आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवम् परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका मिति २०७७ साल कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम आयोगको मिति २०७७।०७|०३ को निर्णयानुसार अर्को सूचना प्रकाशन नभएसम्म हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते