२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको तारकेश्वर नगरपालिकाले आजदेखि विद्यालय खोल्ने

२१ मंसिर २०७७, आईतवार ०५:३१

मङ्सिर २१, काठमाडौँ | तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ ।

विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जानकारी गराउनेजस्ता कामको पालना गरी विद्यालय सञ्चालनमा ल्याएको हो । एघार वडा रहेको नगरपालिकामा १८ सामुदायिक र ६४ संस्थागत विद्यालय सञ्चालनमा छन् ।

नगरपालिकाले बिहानको प्रार्थना नगर्ने, सकेसम्म एउटा बेञ्चमा दुई विद्यार्थी नराख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातारण बनाउने, पाठ्यपुस्तक, कापी कलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिएको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो