२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकको एक जिल्लाबाट अर्को जिल्लामा सरूवा रोक्का

२०७७, २१ पुष मंगलवार ०५:२४

पुस २१, काठमाडौं | शिक्षकहरुले जिल्लान्तर सरुवा नपाउने भएका छन् | शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्का गर्ने निर्णय गरेको हो | शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले बताए |

'विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरुबाट जिल्लान्तर सरुवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि निर्देशानुसार अनुरोध छ |' कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार पठाएको परिपत्रमा भनिएको छ |

केन्द्रको पूर्वअनुमति लिएकाहरूले भने जिलान्तर सरूवा पाउने छन् | शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरण समेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लान्तर सरुवा अर्को सूचना प्रकाशित नहुन्जेलका लागि रोक्का गरिएको उनले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी