२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

२२ फाल्गुन २०७७, शनिबार ०३:२६

फागुन २२, काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो ।

योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षाको सीसी क्यामेराको दृश्यसहित सिलबन्दी गरेको उत्तरपुस्तिका पठाउनुपर्ने प्रावधान ल्याएको हो । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा र उत्तरपुस्तिकामा धाँधली नहोस् भन्दै यस्तो निर्णय गरिएको बताए ।

उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सबै दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सबै फुटेज २० चैतभित्र बुझाउन परीक्षा केन्द्रलाई पत्रमार्फत जानकारी गराएको छ । आगामी दिनमा पनि सीसी क्यामेरा जडान गरेर मात्रै परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ । 

- यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन