२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय बन्द गर्ने प्रस्तावको प्याब्सनद्वारा विरोध

२०७७, २९ चैत्र आईतवार ०९:३४

चैत २९, काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सरकारसंग तीन साता विद्यालय बन्द गर्न गरेको प्रस्तावको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले बिरोध गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको दोस्रो लहर देखिन थालेको भन्दै सीसीएमसीको शनिवारको बैठकले कम्तीमा तीन हप्ता विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेपछि प्याब्सनले त्यसको विरोध गरेको हो ।

प्याब्सनले विद्यालय बन्द गर्ने नभइ सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने बताएको छ । 

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति निकालेर अघिल्लो पटकको लकडाउनले सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यालय बन्दभन्दा सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

विद्यालय स्वास्थ्यका सबै सावधानी अपनाउन तयार रहेको भन्दै आपसी छलफलबाट थप सावधानीका उपाय अपनाउनुपर्ने तर बन्द गर्न नहुने विज्ञप्तिमा भनिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते