२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

८ बैशाख २०७८, बुधबार १०:४०

वैशाख ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । 

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र कलेजलाई अनलाइन वा वैकल्पिक माधयमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उहाँका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, मकवानपुर, रुपन्देही, बुटवल, चितवन, बाँके, पर्सा, नेपालगञ्ज, दाङ, सुर्खेत, बागलुङ र महेन्द्रनगरमा सैद्धान्तिक कक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्न भनिएको छ । 

त्रिविले यी ठूला शहरबाहेक बाँकी जिल्लाका शहरमा भने स्थानीय तहसँगको समन्वयमा जनस्वास्थ्यका मापदण्ड लागू गरी कक्षा सञ्चालन गर्न आग्रह गरेको हो । यस्तै त्रिविले आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन, २५ जनाभन्दा बढी उपस्थित नहुने गरी कुनै सभा, बैठक, गोष्ठी, सभा नगर्न र सबै कार्यालय, क्याम्पस, स्कुल र विभागले स्वास्थ्य सावधानी अपनाउँदै मास्क, सेनिटाइजर र साबुन पानीको आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन