२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शैक्षिक सत्र आजदेखि, विद्यार्थी भर्ना अभियान शुरु

१ असार २०७८, मंगलवार ११:०६

रमेश गिरी । असार १, काठमाडौँ (रासस) । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गर्नुभएको छ । आज शिक्षक सङ्गठनसँग भएको भर्चुअल छलफलमा उहाँले भर्ना अभियानलाई सफल पार्न सबैमा आह्वान गर्नु भएको हो ।

मन्त्रालयले शिक्षा तथा मानवविकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान सुरु गर्न निर्देशन दिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो ।सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको हो । 

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आजदेखि देशभर भर्ना अभियान शुरुआत भएको जानकारी दिनुभयो । केन्द्रले अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट आजदेखि विद्यार्थीका कक्षामा अभिलेकीकरण शुरु गरी असार १५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।

विद्यालयले विद्यार्थीको अभिलेखीकरण पूरा गरी आफ्नो नजिकको विक्रेताबाट पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ । त्यसपछि विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा वैकल्पिक विधि अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइलाई अगाडि बढाउनु पर्नेछ । कोरोना महामारी घटेर स्थिति सामान्य भएपछि भने विद्यालयले भौतिकरुपमा विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्न सक्नेछन् । 

कोरोनाका कारण विद्यार्थीसमेत गाउँ गएकाले भर्ना अभियान विगतका वर्षमा जस्तो प्रभावकारी हुनेमा आशंका पैदा भएको छ । विसं२०७६ सम्ममा सरकारले वैशाख १ गतेदेखि १५ गतेसम्म भव्यरुपमा बिभिन्न कार्यक्रम गर्दै भर्ना अभियान सञ्चालन गर्दै आएको थियो ।

विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्यरुपमा भर्ना अभियान सञ्चालन गर्ने र घरदैलो अभियान गर्ने गर्दै आएको थियो । विसं २०७७ सालदेखि भने कोरोना भाइरसको महामारीका कारण भर्ना अभियान प्रभावकारी हुन सकेको थिएन । गतवर्ष शैक्षिक सत्र कहिलेबाट सञ्चालन गर्ने भन्दै अन्योल भयो भने साउनदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको थियो । यस वर्ष भने सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र निर्धारण गरेको हो ।

वैकल्पिक विधिबाट पठनपाठन हुने भएपछि गतवर्ष धेरै विद्यार्थीले पढाई छोडेको आँकलन गरेपनि गत वर्ष कति विद्यार्थी भर्ना भए र यस वर्ष कति विद्यार्थी भर्ना हुन्छन् भन्ने तथ्याङ्क समेत केन्द्रले राख्न सकेको छैन । 

यसैगरि कक्षा ११ को पठनपाठन भने भदौबाट गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीको यही असार मसान्तसम्म आन्तरिक मूल्याङ्कन गरिसक्ने अगामी साउन दोस्रो सातासम्म एसइईको अन्तिम नतिजा प्रकाशित गरि आगामी भदौबाट कक्षा ११ को पठनपाठन शुरु गरिने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की