२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविका सबै परीक्षा साउनभित्रै, परीक्षा तालिका सार्वजनिक गर्ने तयारी

४ असार २०७८, शुक्रबार ०२:२४

असार ४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ । असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् । 

जोशीका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ । गत वैशाखमा स्नातक तहको परीक्षा भइरहेको बेला कोरोना नियन्त्रण एवं रोकथामका लागि जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो ।

व्यवस्थापन संकायबाहेक अन्य संकायहरुका केही विषयका परीक्षा बाँकी छन् । उक्त बाँकी रहेका परीक्षा सकेपछि मात्रै परीक्षा नै हुन नसकेका विद्यार्थीको परीक्षा हुनेछ । स्नातक तहका १९ महिनादेखि परीक्षा हुनै सकेको छैन । बाँकी रहेका परीक्षार्थीको परीक्षा पूर्ववत केन्द्रमा नै सञ्चालन हुने नियन्त्रक जोशीले बताए । उनले भने, ‘परीक्षा दिइरहेका विद्यार्थीको प्रश्नपत्र सम्बन्धित केन्द्रमा गइसकेकाले केन्द्र परिवर्तन गर्न गाह्रो छ ।’

करिब साढे दुई लाख परीक्षार्थी परीक्षाको पर्खाइमा रहेको र उनीहरुले पायक पर्ने स्थानमा केन्द्र रोज्न दिएर परीक्षा गराउन अनुरोध गरिरहेको परीक्षा नियन्त्रक जोशीले बताए । त्यसैले उनीहरुले आफूलाई पायक पर्ने गरी परीक्षा केन्द्र रोजी परीक्षा दिन पाउने व्यवस्था हुनेछ । उनीहरुको हकमा भने परीक्षा केन्द्र रोज्नका लागि समय तोकिने छ । गत स्नातक पहिलो वर्षको परीक्षा फाराम अनलाइन खुलाइएको थियो । फाराम भर्न प्राविधिक समस्या आएपछि पायक पर्ने आंगिक क्याम्पसमा फाराम भर्ने व्यवस्था गरियो ।

जेठ मसान्तसम्म फाराम भर्ने अन्तिम समय तोकिएपनि विद्यार्थीले समय बढाउन माग गरेपछि यो साताभर समय दिइने नियन्त्रक जोशीले बताए । उनले भने, ‘असार ४ गतेसम्म अन्तिम समय तोकिए पनि विविध कारणले विद्यार्थीले फाराम भर्न नसकेको गुनासो आइरहेकोले सात गतेसम्म समय बढाइएको छ ।’ १४ सय विद्यार्थी भएको क्याम्पसमा बिहीबार मध्यान्हसम्म ११ सय जनाले मात्रै फाराम भरेको जानकारी पाएको जोशीले बताए । त्रिविले सञ्चालन गर्ने सबै परीक्षा भौतिक उपस्थितिमा नै हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

अनलाईन परीक्षा फाराम भर्न नसक्ने अवस्था रहेका विद्यार्थीलाई अनलाइन परीक्षा गराउन सम्भव नहुने परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउँछन् । उनले भने ‘परीक्षा फाराम भर्न समस्या हुने स्थानका विद्यार्थीहरु छन् । परीक्षा गराउन त सम्भव छैन । त्यसैले विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा दिन पाउने व्यवस्था हुनेछ ।’ असार ७ गतेपछि निषेधाज्ञाको स्वरुप कस्तो हुने भन्ने निर्णय सार्वजनिक भए लगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यलयले गरेको छ । साथै असार १० पछि केही दिनको लागि परीक्षा केन्द्र रोज्ने अवसर दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य