२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा आयोगले निकाल्यो परीक्षा तालिका, कुन परीक्षा कहिले ? (परीक्षा तालिका सहित)

२०७८, १५ असार मंगलवार ०८:२२

असार १५, काठमाडौँ । लोक सेवा आयोगले आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका परीक्षाहरूको लागि कार्यतालिका प्रकाशन गरेको छ । 

आयोगले एक सूचना जारी गर्दै आयोगको असार १४ गतेको बैठकको निर्णय बमोजिम आज परीक्षा तालिका सार्वजनिक गरेको हो । 

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ पालना गरी  परीक्षा सञ्चालन गर्ने गरी परीक्षा कार्यक्रम तोकिएको आयोगले जनाएको छ । 

आयोगले आ.व. २०७६/७७ मा विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी खरिदार वा सो सरहको (अप्राविधिक तर्फ) परीक्षा कार्यक्रम साउन १६ गतेबाट हुने जनाएको छ । त्यस्तैगरी यसै आर्थिक वर्षमा विज्ञापन प्रकाशन भई परीक्षा हुन बाँकी निजामती सेवातर्फका विभिन्न पदहरुको लागि समेत परीक्षा तालिका प्रकाशन गरेको छ । आयोगले सुरक्षा / संगठित संस्था तर्फको परीक्षा तालिका भने प्रकाशन गरेको छैन ।

हेर्नुहोस् परीक्षा तालिका 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते