२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसइईमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थी प्रशस्तै

२ श्रावण २०७८, शनिबार ०२:२०

साउन २, काठमाडौं । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ।

यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्।

एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा हाल उत्कृष्ट अंक ल्याउनेको संख्या बढेको बताए। विगतमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्दा केहीले मात्र ८०–९० प्रतिशत अंक ल्याउँथे भने हाल यो संख्या प्रशस्त रहेको उनको भनाइ छ।  

‘काठमाडौंमा राम्रा स्कुलहरू पनि प्रशस्तै छन्,’ एकाइ प्रमुख पौडेलले नागरिकसँग भने, ‘प्राक्टिकलमा स्कुलहरूले २५ नम्बर पुरै दिएका छन् । सैद्धान्तिकमा पनि राम्रै अंक दिएका छन्।’ उनले थपे, ‘३७ हजार ३ सय विद्यार्थीमध्ये प्रशस्तैले यसपटक ९० प्रतिशत अंक ल्याएको देखियो। 

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का