२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ

२०७८, २८ श्रावण बिहीबार ११:२२

साउन २८, काठमाडौँ (रासस)। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ । 

विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल ट्रान्स युरोसिया इन्फरमेसन नेटवर्क नेपालमा जोडिएको थियो । हालसम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयलगायत २५ वटा सङ्घसंस्था यस सञ्जालमा आवद्घ भएका छन् । इडियुरोम अनुसन्धान र शैक्षिक सङ्घसंस्थाका व्यक्तिहरूलाई विश्वका अन्य सङ्घसंस्थामा पुग्दा सहजै नेटवर्क पहँच उपलब्ध गराउने विश्वव्यापी सेवा हो ।

सन् २००२ देखि युरोपबाट शुरु भएको इडियुरोम सेवाको मुख्य उद्देश्य अनुसन्धान र शिक्षाका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र व्यक्तिहरुबीच इन्टरनेटलगायतका सेवामा सहज पहँुच स्थापित गरी अनुसन्धान र शैक्षिक क्रियाकलापलाई सुदृढ गर्नु रहेको छ । इडियुरोम सेवा हाल १०० भन्दा बढी देशमा उपलब्ध भइसकेको छ । 

नेपालका शैक्षिक तथा अनुसन्धानसँग सम्बन्धित सङ्घसंस्थालाई एकापसमा जोडी अनुसन्धान र सहकार्यको वातावरण तयार पार्ने, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ गर्ने तथा इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते