२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ

३१ श्रावण २०७८, आईतवार ०४:५१

साउन ३१, जाजरकोट (रासस) । देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको  बताइएको छ । माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुने गर्दछ । डोल्पोबुद्धका सबै विद्यालय वैशाखदेखि निर्धक्कका साथ पढाइ सुरु भएको स्थानीयवासी पेमा गुरुङले बताउनुभयो ।

उहाँका अनुसार गत वर्षको कोरोना महामारीमा पनि उपल्लो डोल्पामा विद्यालय बन्द गरिएको थिएन । गत वर्ष परीक्षा समयमै भएका थिए । डोल्पोबुद्धमा छवटा विद्यालय छन् । छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका केही विद्यालयमा पनि पठनपाठन भइरहेको छ । सामान्यरूपमा कोरोना सङ्क्रमण भए पनि खासै असर नपरेको डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले बताउनुभयो । डोल्पामा दुई शैत्रिक सत्रमा पढाइ हुने गर्दछ । उपल्लो डोल्पा कम जनसम्पर्क हुने क्षेत्रका रूपमा स्थापित छ । छिमेकी मुलुक चीनमा समेत नाका बन्द भएका कारण खासै समस्या नभएको सर्वसाधारण बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा