२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सांसदद्वारा सरकारलाई अनुरोध

२०७८, ४ भाद्र शुक्रबार १२:२३

साउन ४, काठमाडौँ | सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । 

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा समितिका सदस्यले अरु परीक्षा सञ्चालन भइरहेको र बजारमा भीड नरोकिएकाले एउटा कक्षाको मात्रै परीक्षा रोकिन नहुने औँल्याएका छन् । समितिका सदस्य मानबहादुर विश्वकर्माले देशभित्रैका विश्वविद्यालयका र अन्तरराष्ट्रिय बोर्डका परीक्षा सञ्चालन भइरहेकाले १२ कक्षाको मात्रै रोकिन नहुनेमा जोड दिनुभयो । परीक्षा दिनका लागि जिल्लाबाट काठमाडौँ आएर बसेका विद्यार्थी पटकपटक परीक्षा रोकिँदा निरास भएको उहाँको भनाइ छ । 

समितिका सदस्य सुरेन्द्रकुमार यादवले इञ्जिनीयरिङ क्याम्पसले विद्यार्थी कलेज नगएर घरघरमा बसेर पढ्दा पनि खेलकूद, भ्रमणलगायतका शीर्षकमा शुल्क लिने गरेकाले त्यसको नियमन हुनुपर्ने बताउनुभयो । समितिका सदस्य गिरिराजमणि पोखरेलले कोभिड सङ्क्रमण तत्काल हट्ने नदेखिएकाले स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै परीक्षा सञ्चालन गर्नुको विकल्प नभएकोमा जोड दिनुभयो । 

समितिका सदस्य हितबहादूर तामाङले जनस्वास्थ्यका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नै जिम्मेवार भएपनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का कारण मन्त्रालयले आफ्नो विवेकको प्रयोग गर्न नपाएको बताउनुभयो । समिति सदस्य जीवनराम श्रेष्ठले सिसिएमसीले सरोकार राख्ने निकायसँग सल्लाह नै नगरी परीक्षा रोक्ने निर्णय गर्दा लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा धकेलिएको औँल्याउनुभयो । 

समितिका सदस्य सुरेशकुमार राईले सिसिएमसी एकाधिकारबादी भएको भन्दै यसमा सबै मन्त्रालयको मन्त्रीको प्रतिनिधित्व हुने गरी पुनःगठन हुनुपर्नेमा जोड दिनुभयो । समिति सदस्य नमिता चौधरीले काठमाडौँलगायतका शहरी क्षेत्रमा लोडसेडिङको समस्या र ग्रामीण क्षेत्रमा सबैतिर इन्टरनेटको पहुँच नभएकाले सबै क्षेत्रमा अनलाइन परीक्षा सम्भव नहुने बताउनुभयो । समिति सदस्य एकवाल मियाँले कक्षा १२ को परीक्षा एउटै चरणमा नसके एकभन्दा बढी चरणमा लिन सकिने बताउनुभयो । 

समितिकी सभापति जयपुरी घर्तीले सबै परीक्षा नियमित हुने र कक्षा १२ को मात्रै स्थगित हुने घटनालाई समितिले गम्भिररुपमा लिएको बताउनुभयो । यो परीक्षालाई राज्यले गम्भिररुपमा लिन नसकेको उहाँको आरोप छ । सबै किसिमका तयारी पूरा गरेर परीक्षा लिने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “एउटा कक्षा र एउटा केन्द्रमा यति मात्रै विद्यार्थी राख्ने भन्ने मापदण्ड बनाउँ, विद्यार्थी सङ्क्रमित भएमा छुट्टै राखेर लिने वा नसक्ने अवस्था भएमा पछि लिएर गर्न सकिन्छ ।”

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको सबै तयारी हुँदा परीक्षा स्थगित गर्नुपरेको बताउनुभयो । भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना हुने गरी परीक्षा लिन लागिएकामा अन्तिम समयमा रोकिँदा विद्यार्थीमा नकारात्मक असर गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अरु सबै परीक्षा सञ्चालन गर्न हुने १२ को मात्रै रोक्नुपर्ने यो कस्तो भेरियन्ट हो ?”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परीक्षाको सबै तयारी बोर्डले गरेपनि सिसिएमसीले अन्तिम घडीमा प्रश्न गरेकाले स्थगित गर्नुपरेको बताउनुभयो । परीक्षा सञ्चालनका लागि काठमार्डौँ उपत्यकाका विद्यार्थीलाई खोप लगाउन लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बोर्ड र मन्त्रालय दुबै परीक्षा सञ्चालन गर्नुपर्छ भन्नेमा नै छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि