२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविका परीक्षा निर्धारित समयमै

२०७८, ७ भाद्र सोमबार ०२:११

भदौ ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  भदौ  महिनामा  सञ्चालन  गर्ने   गरी   पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन   गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै  परीक्षा  नियमित  गर्न  अनुमति  दिएको  जानकारी  विश्वविद्यालयको  परीक्षा  नियन्त्रण  कार्यालयले दिएको छ ।

विश्वविद्यालयका  परीक्षा  नियन्त्रक  पुष्पराज  जोशीले  कोभिड–१९ सङ्कट व्यवस्थापन  केन्द्र (सीसीएमसी)  सँगको  स्वीकृतिमा  भदौको  परीक्षा कार्यतालिका  नियमित  रूपमा  सञ्चालन  हुने  जानकारी  दिए । भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ  एलएलबी  प्रथम  वर्षको  परीक्षा  सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ ।

यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ । सीसीएमसीले  आगामी  दिनको  परीक्षा  सञ्चालन  गर्न  हुने  नहुने  सम्बन्धमा  हाल  सञ्चालित  विभिन्न  तहको  परीक्षाको  निरीक्षणसमेत  गरेको  थियो  । 

निरीक्षणका  क्रममा  सीसीएमसीका  अधिकारीहरूले  स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गरी  लिखित  रूपमा  नै  विश्वविद्यालयलाई  सुझाव दिएका छन् ।

सीसीएमसीका सुझाव कार्यान्वयन  गरिने  र  परीक्षा  केन्द्रमा  समेत  स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देश गरिएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए ।

यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म  प्रकाशित कार्यतालिकाअनुसारको  परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो ।

विश्वविद्यालयमा  वार्षिक  परीक्षा  प्रणालीअन्तर्गत  मानविकीतर्फ  स्नातक  तह  प्रथम वर्षको परीक्षा साउन २८ गते सकिएको छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि  उक्त  परीक्षा  दिएका  हुन् । 

स्नातक तहतर्फ विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा हालै मात्र सकिएको छ । हाल  स्नातकोत्तर  तहका  विभिन्न  सङ्कायका  सेमेस्टर  प्रणालीअन्तर्गत  परीक्षा  कार्यक्रम  सञ्चालन  भइरहेको  छ  । 

परीक्षा  विश्वविद्यालय  क्याम्पस  कीर्तिपुरमा  सञ्चालन गरिएको र विद्यार्थी सङ्ख्या न्यून भएकाले  परीक्षा  सञ्चालनमा  कुनै  समस्या  नभएको  जानकारी  नियन्त्रक  जोशीले  दिए । 

विश्वविद्यालयका  अधिकांश  शिक्षक,  कर्मचारीले  कोरोनाविरुद्धको  खोप  लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले  विश्वविद्यालयको  परीक्षा  कार्यक्रम अब नियमित रूपमा सञ्चालन हुने अवस्था रहेको जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव