२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविका परीक्षा निर्धारित समयमै

७ भाद्र २०७८, सोमबार ०२:११

भदौ ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  भदौ  महिनामा  सञ्चालन  गर्ने   गरी   पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन   गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै  परीक्षा  नियमित  गर्न  अनुमति  दिएको  जानकारी  विश्वविद्यालयको  परीक्षा  नियन्त्रण  कार्यालयले दिएको छ ।

विश्वविद्यालयका  परीक्षा  नियन्त्रक  पुष्पराज  जोशीले  कोभिड–१९ सङ्कट व्यवस्थापन  केन्द्र (सीसीएमसी)  सँगको  स्वीकृतिमा  भदौको  परीक्षा कार्यतालिका  नियमित  रूपमा  सञ्चालन  हुने  जानकारी  दिए । भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ  एलएलबी  प्रथम  वर्षको  परीक्षा  सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ ।

यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ । सीसीएमसीले  आगामी  दिनको  परीक्षा  सञ्चालन  गर्न  हुने  नहुने  सम्बन्धमा  हाल  सञ्चालित  विभिन्न  तहको  परीक्षाको  निरीक्षणसमेत  गरेको  थियो  । 

निरीक्षणका  क्रममा  सीसीएमसीका  अधिकारीहरूले  स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गरी  लिखित  रूपमा  नै  विश्वविद्यालयलाई  सुझाव दिएका छन् ।

सीसीएमसीका सुझाव कार्यान्वयन  गरिने  र  परीक्षा  केन्द्रमा  समेत  स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देश गरिएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए ।

यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म  प्रकाशित कार्यतालिकाअनुसारको  परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो ।

विश्वविद्यालयमा  वार्षिक  परीक्षा  प्रणालीअन्तर्गत  मानविकीतर्फ  स्नातक  तह  प्रथम वर्षको परीक्षा साउन २८ गते सकिएको छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि  उक्त  परीक्षा  दिएका  हुन् । 

स्नातक तहतर्फ विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा हालै मात्र सकिएको छ । हाल  स्नातकोत्तर  तहका  विभिन्न  सङ्कायका  सेमेस्टर  प्रणालीअन्तर्गत  परीक्षा  कार्यक्रम  सञ्चालन  भइरहेको  छ  । 

परीक्षा  विश्वविद्यालय  क्याम्पस  कीर्तिपुरमा  सञ्चालन गरिएको र विद्यार्थी सङ्ख्या न्यून भएकाले  परीक्षा  सञ्चालनमा  कुनै  समस्या  नभएको  जानकारी  नियन्त्रक  जोशीले  दिए । 

विश्वविद्यालयका  अधिकांश  शिक्षक,  कर्मचारीले  कोरोनाविरुद्धको  खोप  लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले  विश्वविद्यालयको  परीक्षा  कार्यक्रम अब नियमित रूपमा सञ्चालन हुने अवस्था रहेको जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव