२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होम सेन्टरबाटै कक्षा १२ को परीक्षा

२०७८, १७ भाद्र बिहीबार ०६:५२

भदौ १७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

बोर्डले आजै परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण यसअघि दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा गत साउन ३१ देखि सञ्चालन गर्ने तयारी गरे पनि कोभिड–१९ को महामारी नियन्त्रण नभएको भन्दै स्थगित गरेको थियो । 

परीक्षा आउन एक हप्ता बाँकी हुँदा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगित भएको थियो । कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गर्दै होम सेन्टरमा सुरक्षित भएर परीक्षा सञ्चालन गर्ने भएको छ । यसअघि पनि बोर्डले यसपटक १०० पूर्णाङ्ककै परीक्षा गराउने गरी भौतिक दूरी कायम गर्दै एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । बोर्डले परीक्षा दिने परीक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेको छ । 

बोर्डले गत वर्ष परीक्षा समय र अङ्क भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते