२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैकल्पिक सिकाइ : ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

२५ भाद्र २०७८, शुक्रबार ०८:३८

प्रकाश सिलवाल। भदौ २५, काठमाडौँ (रासस)। कोभिड–१९ को जोखिमपछि  वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रामीण क्षेत्रमा रेडियोको पहुँच र प्रभावकारिता शहरी क्षेत्रमा भन्दा बढी देखिएकाले विद्यालय पुनः सञ्चालन भएपछि पनि रेडियो कक्षालाई निरन्तरता दिन थालेको हो । वैकल्पिक सिकाइ प्रणालीमा ग्रामीण क्षेत्रमा अन्य माध्यमका तुलनामा रेडियो प्रभावकारी पाइएको विभिन्न अध्ययनले देखाएको छ । बिजुली, इन्टरनेट र टेलिभिजनजस्ता साधन नभएका स्थानमा सूचना र शिक्षाका रेडियो भरपर्दो साधन सावित भएको छ ।

हाल कक्षा ६ देखि १० सम्मका अनिवार्य र विभिन्न विषयमा श्रव्य पाठहरु तयार गरी प्रसारण गराइएको छ । केन्द्रले बनाएको स्वअध्ययन पुस्तकमा रेडियो सुनेर विद्यार्थीलाई गृहकार्य गराउन सकिने स्रोत सामग्री उपलब्ध छ । केन्द्रले विद्यार्थीलाई रेडियो कक्षामा टिकाइराख्न एउटा रेडियो कक्षालाई १५ मिनेटको हुने गरी नाटकीकरण, संवादात्मक र रमाइलो बनाइएको छ । गुड नेवर्सले सरकारसँगको समन्वयमा हुम्ला, मुगु, नुवाकोटलगायत १२ जिल्लामा कक्षा ८ का १८६ विद्यार्थीमा गरेको सर्भेले ८१ प्रतिशत विद्यार्थी रेडियो कक्षामा सहभागी हुने गरेको पाइएको छ । सहभागी विद्यार्थीमध्ये २९ प्रतिशतमा अति प्रभावकारी र ६६ प्रतिशतमा प्रभावकारी भएको पाइएको छ ।

कोभिड–१९ पछि नेपाल सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन आग्रह गरेको थियो । मन्त्रालयले गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी सो वर्षको असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गरेको थियो । निर्देशिकामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिनेछ । सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ ।

सो केन्द्रलेले हाल रेडियो नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्याव), कान्तिपुर एफएमलगायतसँग सहकार्य गरी विद्यालय तहका अनिवार्य विषयलाई प्राथमिकता दिइ यस्तो कक्षा सञ्चालन गर्दै आएको छ । एकोर्याबमा आवद्ध दुईसय एक रेडियोमार्फत्  बिहान १० देखि ११ बजे र साँझ ५ देखि ६ बजेसम्म कार्यक्रम प्रसारण हुँदै आएको छ  । शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिताका सम्बन्धमा एकोर्याबले सातै प्रदेशका १९२ शिक्षक, अभिभावक र विद्यार्थीमा गरेको पछिल्लो अध्ययनमा ८८ प्रतिशतलाई कार्यक्रम प्रसारण हुने समय उपयोगी लागेको देखिएको छ । 

केन्द्रका निर्देशक माधव दाहालले हाल कक्षा ९ र १० का अनिवार्य विषयलाई बढी जोड दिइएका श्रव्य कक्षाहरु छिट्टै कक्षा ६ देखि १२ विस्तार गरिने बताउनुभयो । उहाँले सानो खालको मोबाइलमा पनि रेडियो सुन्न सकिने भएकाले यो माध्यम वैकल्पिक स्थितिमा उचित भएको पाइएको जानकारी दिनुभयो । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धीबहादुर कार्कीले रेडियो कक्षा प्रभावकारी भएको स्रोताको प्रतिक्रिया पाइएको बताउनुभयो । ‘दूरशिक्षाअन्तर्गत प्रसारित शैक्षिक कार्यक्रम र रेडियो नेपालको प्रसारणको प्रभावकारिता’ विषयमा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर तहमा शोधपत्र बुझाएका निर्देशक कार्कीले विषयगत श्रव्य पाठको प्रसारणलाई निरन्तरता दिइने जनाउनुभयो । सन् २०१९ मा गरिएको सर्वेक्षणमा रेडियो नेपालको ८९ प्रतिशत नेपाली जनसङ्ख्यामा पहुँच रहेको देखाएको थियो । यो संस्थाका सातै प्रदेशमा २५ रिले स्टेशन र छ वटा प्रादेशिक प्रसारण छ ।

एकोर्यावका महासचिव किशोरजङ्ग थापाले सामुदायिक रेडियोहरु स्रोताको रोजाइमा भएकाले यसमार्फत् शिक्षा्ण सिकाइ प्रभावकारी भएको बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका महासचिव गुणराज मोक्तानले रेडियोमार्फत्को सिकाइलाई थप प्रभावकारी बनाउन अभिभावकको सक्रिय भूमिका र शिक्षकको सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो । 

नेपालमा राष्ट्रिय प्रसारण रेडियो नेपालले प्रवेशिका उत्तीर्ण नभएमा शिक्षकका लागि विसं २०३७ देखि ‘रेडियो शिक्षक’ तालिम कार्यक्रम सञ्चालन, प्रवेशिका उत्तीर्ण भएका शिक्षकलाई घन्टे तालिम सञ्चालन र २०६२/०६३ मा अनिवार्य विषयका लागि एसएलसी सहयोग कार्यक्रम ९दूर तथा खुला० सञ्चालन गरेको थियो ।

      


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान