२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भौतिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यार्थी उत्साहित

२०७८, १७ आश्विन आईतवार ०४:३२

असोज १७ , काठमाडौँ , न्युज कारखाना ।   बिहान ९ बज्नेवित्तिकै तृष्णा श्रेष्ठलाई विद्यालय जान हतार भइहाल्छ  । भक्तपुरको महेन्द्रग्राम माध्यमिक विद्यालयमा पढ्दै आएकी उनी लामो समयसम्म विद्यालय खोलेसँगै खुसी छिन् । उनी भन्छिन्,  ‘धेरै महिनापछि कक्षाकोठामा गएर पढ्न पाएका छौँ । त्यसैले स्कुल कुन बेला जाउँ भनेर हतारो भइहाल्छ।’

 दोस्रो लहरको कोरोना महामारीको संक्रमण बढेसँगै मुलुकभरका अधिकांश विद्यालय बन्द भएका छन् । संक्रमण जोखिम भएपछि भौतिक रूपमा बन्द भएका विद्यालयमा भर्चुअल माध्यमबाट कक्षा सञ्चालन भइरहेका थिए । 

हाल संक्रमण कम भएपछि भक्तपुरका चारवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहले भौतिक रूपमा कक्षा सञ्चालन गर्न अनुमति दिएका छन् । यहाँको चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाले भौतिक रूपमा कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले तिहारपछि मात्रै विद्यालय सञ्चालन गर्ने दिने निर्णय गरेको छ । 

लामो समयपछि विद्यालयमा भौतिक रूपमा सहभागि भई पढ्न पाउँदा विद्यार्थी पनि उत्साहित छन् । ‘अनलाइनबाट पढ्दा खासै बुझिँदैन । नबुझेको कुरा साथीहरूसँग सोध्न पनि नपाइने,’ उनी भन्छिन, ‘भौतिक रूपमा पढ्न थालेपछि पढाएको कुरालाई राम्ररी बुझ्न सकेका छौँ । अनि सरमिसलाई नबुझेको कुरा सोध्न पाएका छौँ ।’ 

भौतिक रूपमा कक्षा सञ्चालन हुन थालेपछि नानीहरूको पढाइमा सुधार भएको अभिभावक बताउँछन् । अनलाइन कक्षामा ७ वर्षीय छोरालाई अनलाइनमा पढाउन समस्या भएको सुदाउँदै उषा श्रेष्ठले भने, ‘अनलाइनमा पढाउन थालेपछि निहुँ मात्रै खोज्छ । फकाईफकाई पढाउनुपर्ने, अझ दैनिक एकजना पढाउन बस्नुपर्ने हुन्थ्यो । तर अब पढाउन सहज छ ।’

‘घर नजिकैको पारिजात विद्याकुञ्जमा पढ्छ । बिहान साढे ९ बजे विद्यालय पुर्याउन जाने अनि एकैपटक बेलुका लिन जाने मात्रै हो । स्कुल पठाएपछि आफू अरु काममा व्यस्त हुन्छु,’ उनले थपे । 

भौतिक रूपमा कक्षा हुँदा विद्यार्थीमा उत्साह भएको विद्यालयका प्रधानाध्यापकले बताएका छन् । कोरोना महामारीको संक्रमण घटे पनि संक्रमण नियन्त्रण नआएकोले विद्यार्थीहरूलाई मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गरी विद्यालय सञ्चालन भइरहेको श्रीकृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक अरुणकुमार चौधरीले बताए । 

चाँगुनारायण नगरपालिकाको नगरशिक्षा शाखाका अनुसार विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी गरी भौतिक रूपमा कक्षा सञ्चालन गर्न अनुमति दिइएको बताए । नगर शिक्षा शाखा अधिकृत दिनेश अर्यालका अनुसार पालिकामा हाल करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । 

नगर शिक्षा शाखाको बैठक बसी भौतिक रूपमा कक्षा सञ्चालन गर्न अनुमति दिइएको हो । कोरोना महामारी रोकथामका लागि आवश्यक पर्ने मास्क, स्यानिटाइजर, साबुनलगायत सुरक्षाको मापदण्ड अपनाएर भौतिक रूपमा कक्षा सञ्चालन गर्न दिएका छौँ । उनले भने, ‘नगर पूर्ण रूपमा गाउँ र पूर्ण रूपमा सहर छैन । बस्ती पातलो छ । त्यसैले यता कोरोना जोखिम कम छ । बैठक गरी विद्यालय भौतिक रूपमा सञ्चालन गर्न अनुमति दिएका छौँ ।’ 

नगर शिक्षा शाखा, सरोकारवालासँग छलफल गरी भौतिक रूपमा कक्षा सञ्चालन गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । पालिकाको अनुसार कोरोना संक्रमणको संख्यामा कमी आएपछि १० असोजदेखि नियमित रूपमा परीक्षा सञ्चालन गरेको हो । 

‘कक्षाकोठालाई नियमित निर्मलीकरण गर्न लगाएका छौँ । सुरक्षाको सामग्री वितरण गरेका छौँ,’ उनले भने, ‘विद्यार्थीको संख्या हेरेर  धेरै विद्यार्थी भएको विद्यालयमा सिफ्ट मिलाएर परीक्षा सञ्चालन गर्न लगाएका छौँ । सामाजिक दूरी कायम गरी, स्यानिटाइजर, मास्क अनिवार्य रूपमा प्रयोग गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएका हौँ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते