२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रध्यापक कुट‍्ने विद्यार्थीलाई कारबाही नहुँदासम्म आरआरमा पठनपाठन नहुने !

६ पुष २०७८, मंगलवार ११:४९

पुस ६, काठमाडौँ | प्रध्यापकमाथि कुटपिट भएकाे विरोधमा प्राध्यापकहरूले पठनपाठन ठप्प पार्ने भएका छन्।

क्याम्पसका प्राध्यापक संघ, प्रजातन्त्रवादी प्रध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म अध्यापन नगर्ने निर्णय गरेका हुन्।

शैक्षिकस्थलमा प्राध्यापकहरू असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने निर्णय गरेका छन्।

रत्नराज्यलक्ष्मी क्याम्पसमा आज बिहान प्राध्यापक प्रकाश पुडासैनीमाथि कुटपिट भएको थियो।

उनलाई एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु  बताउने विद्यार्थी कुबेर जेठाराले कुटपिट गरेका हुन्। परीक्षा चलिरहेका बेला उनले प्राध्यापक पुडासैनीमाथि कुटपिट गरेको क्याम्पसका उपप्रमुख गोविन्दराज आचार्यले जानकारी दिए।

चिट नचोर्न आग्रह गर्दा भएको विवादपछि कुटपिट भएको बताइएको छ। रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए। चिट चोर्न रोक्दा ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बीएएसडब्लू) दोस्रो वर्ष अध्ययनरत कुवेर जेठाराले पुडासैनीमाथि आक्रमण गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ