२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

७ पुष २०७८, बुधबार ०४:३३

पुस ७, काठमाडौँ | शिक्षक सेवा आयोगले विभिन्न विषयमा झण्डै २६ सय शिक्षक माग गरेको छ। बुधबार आयोगले विभिन्न कोटामार्फत् शिक्षक पदपुर्तीका लागि विज्ञापन खुला गरेको हो। जसमा निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको छ।

योग्यता पुगेका उम्मेदवारहरुले आजबाट माघ १३ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन्। सिंगल दस्तुरमा फारम भर्ने मिति माघ ६ गते सम्मको मात्रै रहेको छ। मागको किसिमममा खुला तथा समावेशी रहेको छ। आदिवासी जनजाति प्रमाणपत्र भएकाहरुले उक्त कोटाका लागि पन फारम भर्न सक्नेछन्।

विषयगत विज्ञापनमा सबैभन्दा बढी माग अङ्ग्रेजी विषयका लागि सबैभन्दा धेरै ६२४ शिक्षकको माग गरिएको छ। त्यस्तैगरी विज्ञान विषयका लागि ४३७ शिक्षकको माग गरिएको छ। त्यस्तै नेपाली विषयमा ४३७, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरिएको छ।

परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ। परीक्षाको समय आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने जनाइएको छ। परीक्षा सातै प्रदेशका एक एक जिल्लामा हुनेछन्।

परीक्षाको अवेदन शुल्क ७०० निर्धारण गरिएको छ। त्यस्तै प्रत्येक समावेशीका लागि थप ५०० लाग्नेछ। उम्मेदवारहरुले अनलाइनमार्फत् पनि फारम भर्न सक्ने छन्। जसका लागि आयोगको वेवसाइटमा गएर भर्न सकिने छ। माग ६ गतेसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले योग्यता पुगेका उम्मेदवारहरुलो फारम भर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ