२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

२०७८, ७ पुष बुधबार ०४:३३

पुस ७, काठमाडौँ | शिक्षक सेवा आयोगले विभिन्न विषयमा झण्डै २६ सय शिक्षक माग गरेको छ। बुधबार आयोगले विभिन्न कोटामार्फत् शिक्षक पदपुर्तीका लागि विज्ञापन खुला गरेको हो। जसमा निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको छ।

योग्यता पुगेका उम्मेदवारहरुले आजबाट माघ १३ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन्। सिंगल दस्तुरमा फारम भर्ने मिति माघ ६ गते सम्मको मात्रै रहेको छ। मागको किसिमममा खुला तथा समावेशी रहेको छ। आदिवासी जनजाति प्रमाणपत्र भएकाहरुले उक्त कोटाका लागि पन फारम भर्न सक्नेछन्।

विषयगत विज्ञापनमा सबैभन्दा बढी माग अङ्ग्रेजी विषयका लागि सबैभन्दा धेरै ६२४ शिक्षकको माग गरिएको छ। त्यस्तैगरी विज्ञान विषयका लागि ४३७ शिक्षकको माग गरिएको छ। त्यस्तै नेपाली विषयमा ४३७, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरिएको छ।

परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ। परीक्षाको समय आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने जनाइएको छ। परीक्षा सातै प्रदेशका एक एक जिल्लामा हुनेछन्।

परीक्षाको अवेदन शुल्क ७०० निर्धारण गरिएको छ। त्यस्तै प्रत्येक समावेशीका लागि थप ५०० लाग्नेछ। उम्मेदवारहरुले अनलाइनमार्फत् पनि फारम भर्न सक्ने छन्। जसका लागि आयोगको वेवसाइटमा गएर भर्न सकिने छ। माग ६ गतेसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले योग्यता पुगेका उम्मेदवारहरुलो फारम भर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते