१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वादी बालबालिका पढाइबाट वञ्चित !

१७ पुष २०७८, शनिबार ०६:५४

पुस १७, काठमाडौँ | सुर्खेतको एक छात्रवासमा बस्दै आएका वादी समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन् । वादी सरोकार मञ्चले सञ्चालन गरेको छात्रवासमा बसिरहेका १२० मध्ये ७६ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन् । तीमध्ये ४१ छात्रा र ३५ छात्र छन् । 

छात्रवासका सञ्चालक हिक्मत वादीले खर्च अभावका कारण विद्यालय पठाउन नसकिएको बताउनुभयो । “सरकारले सर्वसुलभ र निःशुल्क शिक्षा भने पनि यहाँ सरकारी विद्यालयमै पढ्न पाइँदैन”, उहाँले भन्नुभयो, “विभिन्न जिल्लाबाट बालबालिकालाई पढाउन भनेर यहाँ (सुर्खेत) ल्याइयो, विद्यालय पठाउन सकिएको छैन ।” 

वैशाखदेखि यता ती बालबालिका विद्यालय जान पाएका छैनन् । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अभिभावकको संरक्षकत्व नपाएका बालबालिकालाई छात्रवासमा राखिएको छ । छात्रवासमा सबैभन्दा बढी दैलेखका छन् । दैलेख तल्लोडुङ्गेश्वरका हिक्मतले अभिभावकले पालनपोषणमा हेलचेक्रयाइँ गर्दा बालबालिकाको भविष्यमा जोखिममा पर्दै गएकाले आफूले अभिभावककै सहमतिमा सुर्खेतमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका गाउँमा विद्यालय नजाने, सडकमा भौँतारिएर माग्दै हिँड्ने, कुलतमा फस्नुका साथै बालविवाह र बहुविवाहको समस्या बढ्दै गयो, त्यसबाट बचाउन छात्रवास सञ्चालन गरेको हुँ ।” 

छात्रवासमा रहेकामध्ये ४४ बालबालिका मात्र नियमित विद्यालय जान पाएका छन् । उनीहरूलाई काठमाडौँको ‘लभ एण्ड होप नेपाल’ नामक संस्थाले सहयोग गरेको छ । त्यस्तै, छ जनालाई प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा नवराज केसीले सहयोग गरिरहनुभएको छ । कर्णालीका अधिकांश वादी समुदायको आफ्नै जग्गा जमिन छैन । दैनिक ज्यालादारी काम खोज्दै सडक आसपासमा अस्थायी टहरा बनाएर बस्दै आएका छन् । अभिभावक दैनिक बिहानदेखि साँझसम्म ज्यालादारीको काम गर्ने हुँदा उनीहरूका बालबालिकाले पर्याप्त स्याहारसुसारबाट वञ्चित छन् । जसले गर्दा बालबालिका विभिन्न विकृतिमा फस्ने गरेको पाइएको थियो । 

वादी समुदाय गत वर्ष स्थायी बसोबास र रोजगारीको माग गर्दै सुर्खेतमा मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसेका थिए । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बालबालिकाको पढाइ र पालनपोषणका लागि सुर्खेतमा छात्रवास सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । छात्रवास सञ्चालक हिक्मतले स्थानीय र प्रदेश सरकारले अती विपन्न अल्पसङ्ख्यक वादी समुदायका मागप्रति बेवास्ता गरेको गुनासो गर्नुभयो । खाना खर्च, लत्ताकपडा र विद्यालय खर्च जुटाउन समस्या भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का