२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरआरका उपप्राध्यापकसहित त्रिविका चार कर्मचारीलाई स्पष्टीकरण

२०७८, २४ पुष शनिबार ०६:११

पुस २४, काठमाडौँ | रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का एक उपप्राध्यापकसहित चार कर्मचारीलाई त्रिभुवन विश्वविद्यालयले स्पष्टीकरण सोधेको छ । 

उपप्राध्यापक तथा कर्मचारी स्वीकृतबेगर बिदा बसेपछि त्रिविले ३५ दिने स्पष्टीकरण सोधेको हो । 

चार कर्मचारीले आचरणविपरीत कार्य गरेकाले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० अनुसार स्पष्टीकरण सोध्ने निर्णय भएको त्रिवि कर्मचारी प्रशासन महाशाखाले जनाएको छ । 

स्पष्टीकरण पेस गर्न सूचना जारी गरिएकामा चिरञ्जीवी काफ्ले, लेखा सहायक सावित्रा गौतम, मुख्य प्राविधिक सहायक सुजन गुरुङ र कार्यालय सहयोगी शर्मिला डंगोल छन् । 

यीमध्ये दुई रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा कार्यरत हुन् । उपप्राध्यापक काफ्ले ०७४ जेठ २ देखि ०७५ जेठ १ गतेसम्म १ वर्षको अध्ययन बिदा स्वीकृत गराएर विदेशिए पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । गौतमचाहिँ बेतलबी बिदा स्वीकृत नगराई बसेको त्रिविले जनाएको छ । 

गुरुङ चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालय, महाराजगञ्ज र डंगोल सामान्य प्रशासन महाशाखा, कीर्तिपुरमा दरबन्दी रहेका कर्मचारी हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण