२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षाकोठामै हिटर जडान भएपछि विद्यार्थी खुसी

२४ पुष २०७८, शनिबार ०९:३९

पुस २४, काठमाडौँ | मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर  माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ ।  बालबालिकालाई  चिसोबाट बचाउनका लागि प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको   विद्यालय व्यवस्थापन समिति अध्यक्ष  प्रेमसिंह भाटले जानकारी दिनुभयो ।   

‘‘शिशु  कक्षादेखि १० सम्मको  प्रत्येक कोठामा दुई÷दुईवटा हिटर  जडान गरिएको  छ,” उहाँले भन्नुभयो, “कतिपय अभिभावकहरुको आर्थिक अवस्था नाजुक हुँदा विद्यार्थीले पनि न्यानो  लुगा लगाउन नपाएकाले  आफूहरुले कक्षा कोठा न्यानो गरी पठनपाठन गराउन  हिटर जडान गरेका हौँ ।”प्रत्येक विद्यार्थीबाट रु २०० सङ्कलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको  हो । यस कार्यका लागि रु ८३ हजार खर्च भएको अध्यक्ष भाटले जानकारी दिनुभयो । 

जडान गरिएका हिटरबाट हिउँदेयामको  चिसो छेक्न मद्दत पुगेको र पठनपाठनमा  सहज भएको छ । हिटर जडान गर्दा निकै खुसी लागेको कक्षा ८ की छात्रा वर्षा भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “हिटर नहुँदासम्म कक्षाकोठामा जाडो हुन्थ्यो अहिले न्यानो हुँदा  खुसी छौँ ।” जाडो भएर कक्षाकोठामा बसेर पढ्न सहज  हुन्थेन तर अहिले न्यानो भएकाले पढ्न निकै सजिलो भएको कक्षा १० का छात्र कृष्ण आलेले बताउनुभयो । उक्त विद्यालयमा हाल २८५ विद्यार्थी अध्यनरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव