२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षाकोठामै हिटर जडान भएपछि विद्यार्थी खुसी

२०७८, २४ पुष शनिबार ०९:३९

पुस २४, काठमाडौँ | मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर  माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ ।  बालबालिकालाई  चिसोबाट बचाउनका लागि प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको   विद्यालय व्यवस्थापन समिति अध्यक्ष  प्रेमसिंह भाटले जानकारी दिनुभयो ।   

‘‘शिशु  कक्षादेखि १० सम्मको  प्रत्येक कोठामा दुई÷दुईवटा हिटर  जडान गरिएको  छ,” उहाँले भन्नुभयो, “कतिपय अभिभावकहरुको आर्थिक अवस्था नाजुक हुँदा विद्यार्थीले पनि न्यानो  लुगा लगाउन नपाएकाले  आफूहरुले कक्षा कोठा न्यानो गरी पठनपाठन गराउन  हिटर जडान गरेका हौँ ।”प्रत्येक विद्यार्थीबाट रु २०० सङ्कलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको  हो । यस कार्यका लागि रु ८३ हजार खर्च भएको अध्यक्ष भाटले जानकारी दिनुभयो । 

जडान गरिएका हिटरबाट हिउँदेयामको  चिसो छेक्न मद्दत पुगेको र पठनपाठनमा  सहज भएको छ । हिटर जडान गर्दा निकै खुसी लागेको कक्षा ८ की छात्रा वर्षा भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “हिटर नहुँदासम्म कक्षाकोठामा जाडो हुन्थ्यो अहिले न्यानो हुँदा  खुसी छौँ ।” जाडो भएर कक्षाकोठामा बसेर पढ्न सहज  हुन्थेन तर अहिले न्यानो भएकाले पढ्न निकै सजिलो भएको कक्षा १० का छात्र कृष्ण आलेले बताउनुभयो । उक्त विद्यालयमा हाल २८५ विद्यार्थी अध्यनरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित