पुस २६, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको आज राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको आज राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि ध्यानाकर्षण गराइने

२६ पुष २०७८, सोमबार ०८:०७

पुस २६, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको आज राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण्डविपरीत शैक्षिक संस्था चल्दै गएका र शैक्षिक संस्थामा समस्या देखिएका भन्दै समाधानका लागि सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीमाथि भएको दमनको भत्र्सनासमेत गरेको छ । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका चाँडो तोक्नसमेत बैठकले माग गरेको छ ।

यस्तै कोभिड–१९ को तेस्रो भेरियन्ट र शैक्षिक क्षेत्रमाथि पर्न जाने सम्भावित जोखिमका बारेमा समेत बैठकमा छलफल भएको नेवि सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौँलगायत विद्यार्थी सङ्गठनका नेताको उपस्थिति थियो ।

बैठकमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको भन्दै नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला