२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईका प्रश्नपत्रमा त्रुटि

२०७९, १८ बैशाख आईतवार ०५:४५

वैशाख १८, काठमाडाैं | माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्रमा त्रुटि भेटिएपछि विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । त्रुटिले विद्यार्थीको मनोबल गिराउने र उनीहरू मारमा पर्ने कास्कीका विज्ञान विषयका शिक्षक पुष्प पौडेलले उल्लेख गरेका छन् । त्यस्तो प्रश्नपत्र बनाउनेलाई कारबाहीसहित ‘पीडित’ विद्यार्थीलाई क्षतिपूर्तिको व्यवस्था गर्न उनले सामाजिक सञ्जालमार्फत माग समेत गरेका छन् ।

विज्ञान विषयको प्रश्नपत्रमा अंग्रेजी अनुवाद गलत भएको, पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको, सान्दर्भिक नभएको, अस्पष्टता, टेबल गलतलगायत त्रुटि रहेको उनको भनाइ छ । शिक्षक पौडेलको भनाइमा अरू व्यक्तिले पनि सहमति जनाएको देखिन्छ ।

यस्तै, गणितका केही प्रश्न स्तरभन्दा कठिन र गलत समेत सोधिएको पाइएको छ । प्रश्नहरू गलत र त्रुटिपूर्ण भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

केही शिक्षकले कक्षा–१० मा कस्ता किसिमका प्रश्न सोध्ने भन्ने जानकारी नै नलिई आफूखुसी बनाउँदा यस्तो लापरबाही भएको औँल्याएका छन् ।

एसईईमा देखिएको समस्या समाधान हुने शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ छ । उनले भनेका छन्, “केही प्रश्नपत्रहरूमा शिक्षकको समेत गुनासो आएको छ । सम्बोधन हुन्छ । विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।”

एसईईमा मात्र होइन, अरू कक्षाको प्रश्नपत्रमा पनि गम्भीर त्रुटि भेटिएको छ । विद्यालयको वार्षिक परीक्षाका प्रश्नपत्रमा उत्तिकै त्रुटि छन् । कक्षा–८ को नैतिक विषयको प्रश्नपत्रमा समेत त्रुटि छ ।

यता, राष्ट्रिय परीक्षा बोर्डले कक्षा–८, १० र १२ को वार्षिक परीक्षामा कम्तीमा पाँच वर्षसम्म प्रश्न नदोहोरिने गरी प्रश्नपत्र तयार गर्ने योजना बनाएको छ । बोर्डले पहिलो चरणमा अनिवार्य विज्ञान, अंग्रेजी र गणित विषयका स्तरीकृत प्रश्नपत्र बैंक तयार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी