१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय त्रिविले नमान्ने (विज्ञप्तिसहित)

१ जेष्ठ २०७९, आईतवार १२:१०

जेठ १, काठमाडौँ | सरकारले आजबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आईतबार) पनि बिदा दिने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भने पहिलेकै अवस्थामा कामकारबाही गर्ने भएको छ ।

सरकारले परीक्षणको रुपमा आजबाट हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि त्रिविले भने पूर्व निर्धारित परीक्षाहरु रहेको भन्दै पहिलेकै अवस्थामा काम गर्ने जनाएको छ ।

सूचना तथा जनसंख्या शाखाले विज्ञप्ति जारी गर्दै कोरोनाको कारण शैक्षिक क्यालेन्डरमा समेत असर परेकोले बिदा दिन नसकिने जनाएको छ ।


‘विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिला भएको, पठनपाठन र परीक्षा तालिकाहरु पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचना समेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरुलाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यलायका सेवाहरु सञ्चालनमा रहने सम्बन्धित सबैको लागि यो सूचना जारी गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएसँगै त्यसको खपत कम गराउने उदेश्यका साथ हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आजबाट परीक्षणको रुपमा लागू गरिएको उक्त प्रावधान पूर्णकालिन रुपमा कार्यान्वयन हुने वा नहुने भने निर्णय भएको छैन ।

        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार