१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालयमा डीआई राख्न बन्द नगरे कारबाही

१८ श्रावण २०७९, बुधबार १०:२६

साउन १८, काठमाडौं | निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यालयमा डीआई राखेर विद्यार्थीमाथि भौतिक यातना र मानसिक तनाव दिने, विद्यार्थी नै थिचिने गरी भोला बोकाउने, मादक पदार्थ सेवन गरेर विद्यालय बस चिलाउनेलगायतका विकृति अन्त्य हुनुपर्ने बताए।

अहिलेको २१औँ शताब्दीमा पनि डीआई राखेर विद्यार्थीलाई कारबाही गर्नु उचित नभएको भन्दै प्याब्सनका अध्यक्ष ढुंगानाले भने- 'हामीले सबै विद्यालयलाई डीआई नराख्न, मापसे गरेर सवारी नचलाउन र विद्यार्थीलाई किताबको भारी नबोकाउन जानकारी गराएका छौँ। यदि डीआई राखेर विद्यार्थीलाई यातना दिएमा आचारसंहिता विपरीत हुनेछ, त्यस्तो विद्यालयलाई हामी तत्काल कारबाही गर्नेछौँ।' उनले यी विषयमा प्याब्सनले तत्काल सूचना जारी गरी विद्यालयलाई सचेत गराउने पनि बताए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण