२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्नातक तहमा आईटी पढ्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अवसर, यसरी दिनुहोस् आवेदन

२०७९, २६ श्रावण बिहीबार ०८:०४

साउन २६, काठमाडौँ । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरशिप– २०७९’ का लागि आवेदन खुला गरेको छ ।

काठमाडौंस्थित मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँग सहकार्य गरी महासंघले छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो ।


यस कार्यक्रममार्फत ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

यसअन्तर्गत देशका सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एकजना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने महासंघले जनाएको छ ।

‘फिमेल मेरिट आईसीटी स्कलरशिप’मा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने ‘आईसीटी मेरिट स्कलरशिप’ अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्तिप्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एन्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत ‘बीएस्सी आईटी’ कार्यक्रम अध्ययन गर्न पाउनेछन् ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट वा लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्ने जनाइएकाे छ ।

आवेदन दिँदा कक्षा १० र १२ को मार्कशिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

आवेदन दिएका विद्यार्थीहरूको अनलाइन परीक्षा २०७९ साल भदौ १० गते हुने र भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुने महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने