२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनै प्राविधिक समस्या नआए कक्षा १२ को नतिजा आजै प्रकाशित हुने : अध्यक्ष शर्मा

२०७९, १४ भाद्र मंगलवार ०६:५१

भदौ १४, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै प्राविधिक समस्या नआए कक्षा १२ को नतिजा आजै प्रकाशित हुने बताएका छन् । गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाको नतिजा सम्भव भएसम्म आजै प्रकाशन गर्ने गरी लागिरहेको छन् । 

अध्यक्ष शर्माले भने,– १ बजेसम्म हाम्रो टेक्निकल कुरा कन्फर्म हुन्छ । त्यसपछि प्रोसेसिङ हुन मात्रै ३-४ घण्टा लाग्छ । टेक्निकल टिमले अहिले हेरिराख्नु भएको छ  सम्भव भएसम्म आजै प्रकाशन गर्ने तयारी रहेको शर्माको भनाइ छ । ‘टेक्निकल कुरा कन्फर्म भएपछि बोर्डको बैठक बसेर निर्णय गर्न ठुलो कुरा भएन् । त्यो त एक छिनको काम हो ।’

आज सम्भव नभएको खण्डमा भोलि प्रकाशन गरिने उनको भनाई छ । उक्त परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी थिए ।  यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गर्न लागेको छ । उक्त निर्देशिका अनुसार यसपालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू हुनेछ । त्यस्तो भएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ । 

प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा पुनः परीक्षा दिनुपर्नेछ । यसअघि माध्यमिक परीक्षा (एसईई) मा पनि यही नन– ग्रेडिङ लागू गर्ने भनिएको थियो । तर, अन्तिममा आएर रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने