१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंसिर दोस्रो साताभित्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा

२३ कार्तिक २०७९, बुधबार ०५:३३

कात्तिक २३, काठमाडौँ | सरकारले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा निर्वाचनलगत्तै सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो साताभित्र सार्वजनिक गर्ने जनाएको हो ।

नतिजा सार्वजनिक गर्न ४ मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही ढिलाइ हुने भएको बोर्डले जनाएको छ । कात्तिकभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भए पनि निर्वाचनका कारण कर्मचारी तथा शिक्षक चुनावमा व्यस्त भएकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको बोर्डको भनाइ छ ।


बोर्डले गत ३० र ३१ असोजमा कक्षा १२ को पूरक परीक्षा सञ्चालन गरेको थियो । गत १७ भदौमा प्रकाशित भएको नतिजाअनुसार १ लाख ८८ हजार ४ सय १० विद्यार्थीले ‘ननग्रेड’ ल्याएका थिए । जसमध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) १ लाख ३० हजार ८ सय ७८ जनाले परीक्षा दिएका थिए ।

नियमअनुसार दुई विषयसम्म ग्रेड वृद्धि गर्न पाइनेछ । यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन गरिएको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ । तोकिएभन्दा कम अंक ल्याएमा प्रमाणपत्रमा एनजी अर्थात् ‘ननग्रेडिङ’ लेखिने र एनजी लेखिएका प्रमाणपत्रले उच्चशिक्षा अध्ययन गर्न नपाउने व्यवस्था छ ।

बोर्डले गत १६ देखि २५ जेठसम्म देशभर एकैसाथ कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १, ग्रेडवृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १ सय ३२ गरी ३ लाख ९६ हजार १ सय ८५ जना सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन